आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि द्वारा सार्वजनिक सुनवाइ

  • जेठ २०, २०८०
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ जेठ २० । रुपन्देहीको राेहिणी गाउँपालिका वडा नं ६ बाेडवारमा रहेकाे आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालिले आज सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेकाे छ । आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि का संचालक मान बहादुर यादवकाे अध्यक्षतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको अनुदानमा गाेबर प्रशाेधन मेसिन वितरण र साथै गाेठ निर्माण तथा गाई पालन गर्न अनुदान उपलब्ध गराएकाे विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।

पशु फर्ममा हाल ३०० थान गाई रहेका छन् भने साढे दुई विगहामा गाई पालन गरिएको संचालक मान बहादुर यादवले जानकारी दिनुभयाे । साथै पशुहरुकाे लागि १० बिगहामा घास लगाईएकाे व्यवस्थापक रामचन्द्र सहानीले बताउनुभयो । गाईहरुकाे दुध मिल्क पार्लरबाट निबाल्ने गरिन्छ भने पशुहरुलाई खाने अर्गानिक दाना,घास मात्र दिने गरिनुकाे साथै जैविक मल समेत उत्पादन हुने गरेकाे संचालक यादवले बताउनुभयो ।

उक्त पशु फर्ममा १० जना कामदारहरु रहेका छन् । कार्यक्रममा राेहिणी गाउँपालिकाका पशु सेवा विकास अधिकृत ओमप्रकाश ठाकुर,सामुदायिक रडियाे परासीका सुरेश यादव,प्रहरी चाैकी पिप्रहवाका प्रहरी हवल्दार मुक्ति यादव लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१