ताजा समाचार

ब्युटी बक्स काठमाडौंद्वारा लहानमा ब्युटीसियन तालीम सुरु

  • जेठ १६, २०८०
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ जेष्ठ - नेपाली समाजका महिला हरु सुदर्ता प्रदान गर्न र महिलालाई आत्मनिर्भर बनाउन काठमाडौं र पोखराका ब्युटी बक्स द स्टुडियोद्वारा ५ दिने मेकप कलास सिरहाको लहानमा संचालन भएको छ। नेपाल सरकारबाट २०७६ असार १९ दर्ता भइ नेपालका विभिन्न जिल्लामा कलास संचालन गर्दै आएका छन्। नेपाली महिलालाई ब्युटीसिएन तालिम दिई उधमि बनाई स्वरोजगार बनाउने गरेका छन्।महिलाहरुलाई सीप मुलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने गरेका छन्।ब्युटी बक्स द स्टुडियोका संचालनक ईसा अग्रवालले काठमाडौं पोखरा बनेपा धनुषा बाग्लुङ्ग चितवन मकवानपुर,बारा,मोहोतरी मोरंग बिराटनगर झापा बिर्तामोड दमक बुटवल,नवलपरासी उदयपुर,गाईघाट सिरहा लहान लगायतका जिल्लाहरुमा मेकप तालिम दिदै आएका छन्।

उक्त संस्थाबाट तालीम प्राप्त गरेर स्वदेश तथा बिदेशमा पनि राम्रो रोजगारीको अवसर प्रदान गरी मनग्य आम्दानी गर्ने गरेको छ्।महिलाहरुमा बेरोजगारी समस्या हटाउन र आत्मनिर्भर बनाउन सफल संस्थाको रूपमा देशै भरी प्रख्यात संस्थाको रूपमा चिनिएका हुन। दक्ष अनुभवी ब्युटीसिएन निशा गुरुङ्ग,ज्योति गुरुङ्ग,सिवानी गुरुङ्गले सहभागी महिलाहरुलाई तालीम दिने गरेका छन्। लहान ३ स्थित रहेको होटेल गोधुलीमा सोमबार देखि मेकप तालीम संचालनमा रहेका छन।तालीममा महिला पत्रकार १ जना र महिला सुरक्षाकर्मी १ जना लाई नि: शुल्क तालिम दिने ब्यवस्था मिलाएरका संस्थाका प्रतिनिधि सन्तोष अग्रवालले जानकारी दिनु भयो। उपलब्ध हुने कलासेजहरुमा मेकप,नेल कलास,हेयर स्टाईल, हाईल्यासेस स्टेनशन,हाइड्राफेसियल लगायतका कोर्सहरु संचालनमा रहेका संस्थाकी संचालिका ईसा अग्रवालले बताए। लहानमा तालीम दिन महिलाहरुको भिड लागेका छन्। ५ पाँच सिपट कक्षा संचालनमा रहेका छन्। इच्छुक ब्यक्तीहरुले सम्पर्कका लागी मोबाइल नम्बर 9805233330 मा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤