लहानको अस्पताल गेटमै नवजात फालेर महिला फरार

  • जेठ १३, २०८०
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गुरुदेव अधिकारी लहान,१३ जेष्ठ । सिरहाको लहान स्थित रहेको सरकारी अस्पताल परिसरमा रहेको गेटको केही भित्रपट्टी पछिमी छेउको खाली कोठामा राखिएको टेबूलमा रातो सल ,गम्छा र न्यानो झोलामा राखिएको अवस्थामा रोइरहेको एक नवजात शिशु फेला परेको हो । गए राति करिब १२ बजेर ३० मिनेटको समयमा उक्त ठाउँमा बच्चा रोइरहेको आवाज सुनेर त्यहाँ स्थित सुरक्षा गार्डले थाहा पाई अस्पताल प्रशासनलाई खवर गरेको अस्पतालमा कार्यरत नर्सिङका विमला थापाले जानकारी दिनुभएको छ । शिशुको बारेमा थाहा पाए लगत्तै प्रहरी टीम, डाक्टर टीम र नर्शिम टिमका सबै पुगेर शिशुलाई उद्धार गरेका थिए । 

पहिचान गरिएको छोरी शिशुको तौल ३ केजी १०० ग्राम लम्बाई ४८ सिएम रहेको उक्त शिशु करिब १५ देखि २० दिनको हुनसक्ने नर्सिङका विमला थापाले बताउनु भएको छ । लहान अस्पतालमा राखिएको उक्त शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको स्याहारमा यतिबेला विमला थापा जुट्नु भएको छ ।करिब एक हप्तासम्म अस्पतालमा शिशुलाई राखेर आवस्यक कानुनी प्रक्रिया अगाडि बढाइने बुझिएको छ भने शिशु बेवारिसे छोडेर भागेको व्यक्तिहरूको खोजी कार्य भइरहेको बुझिएको छ ।अस्पताल परिसरमा राखिएको सिसी क्यामेरालाई चुनौती दिँदै यसरी भागेको व्यक्तिको बारेमा यतिबेला अस्पताल प्रशासन मौन बसेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१