Siraha Times
ताजा समाचार

लिला नाथ श्रेष्ठको लघुबित संस्थामा महिलाहरुद्वारा तालाबन्दी

  • जेठ ६, २०८०
  • १६७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ६ । मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा लघुवित्त संस्थाको ज्यादती विरुद्धको आन्दोलन यतिबेला जारी रहेको छ । ग्रामीण महिलाहरुलाई समुहमा आवद्ध गराई चर्को ब्याजको रूपमा किस्ता असुल्न पल्केका लघुवित्त संस्थाको विरुद्धमा सिरहाको गोलबजारमा समेत आन्दोलन थालिएको हो । संघर्षमा उत्रिएका महिलाहरुले गोलबजारमा रहेका बिभिन्न लघुवित्तको कार्यालयमा ताला लगाउन गएका सङ्घर्ष समितिका पदाधिकारीहरु र लघुवित्तका कर्मचारी बीचमा सामान्य विवाद हुँदा कार्यालयमा तोडफोड गर्दै कार्यरत दुई कर्मचारीलाई कुटपिट समेत गरेका छन ।

पुर्व कानुनी मन्त्री लिला नाथ श्रेष्ठले संचालन गरेको शृजनशील लघुबित बितीय संस्थामा समेत तालाबन्दी गरिएको छ । लघुवित्तिय सङ्घर्ष समितिका सिराहा अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व तथा पुनम चौधरीको प्रमूख आथित्यमा आयोजित संघर्षले करिब आधा दर्जन लघुवित्त संस्थामा ताला बन्दी गरेकाे हाे । विभिन्न चर्का नारा सहित निकालिएको संघर्ष समितिको जुलुस चोहर्वा हुँदै गोलबजार सम्म पुगेका थिए । लघुबित विरुद्धको अभियानमा लागेका पीडित महिलाहरुले देशै भरी आन्दोलन गरिरहेका छन् । "आर्थिक अर्थतन्त्र मजबुत गर " "झोले संस्था खारेज गर " "महिला मार्न पाइँदैन " " महिला हिंशा बन्द गर " " बचत गरेको रकम फिर्ता गर " लगायतका चर्का नारासहित संघर्ष समितिले आफ्ना मागहरु पूरा नभएसम्म संघर्ष जारी राख्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१