ताजा समाचार

लिला नाथ श्रेष्ठको लघुबित संस्थामा महिलाहरुद्वारा तालाबन्दी

  • जेठ ६, २०८०
  • १७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ६ । मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा लघुवित्त संस्थाको ज्यादती विरुद्धको आन्दोलन यतिबेला जारी रहेको छ । ग्रामीण महिलाहरुलाई समुहमा आवद्ध गराई चर्को ब्याजको रूपमा किस्ता असुल्न पल्केका लघुवित्त संस्थाको विरुद्धमा सिरहाको गोलबजारमा समेत आन्दोलन थालिएको हो । संघर्षमा उत्रिएका महिलाहरुले गोलबजारमा रहेका बिभिन्न लघुवित्तको कार्यालयमा ताला लगाउन गएका सङ्घर्ष समितिका पदाधिकारीहरु र लघुवित्तका कर्मचारी बीचमा सामान्य विवाद हुँदा कार्यालयमा तोडफोड गर्दै कार्यरत दुई कर्मचारीलाई कुटपिट समेत गरेका छन ।

पुर्व कानुनी मन्त्री लिला नाथ श्रेष्ठले संचालन गरेको शृजनशील लघुबित बितीय संस्थामा समेत तालाबन्दी गरिएको छ । लघुवित्तिय सङ्घर्ष समितिका सिराहा अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व तथा पुनम चौधरीको प्रमूख आथित्यमा आयोजित संघर्षले करिब आधा दर्जन लघुवित्त संस्थामा ताला बन्दी गरेकाे हाे । विभिन्न चर्का नारा सहित निकालिएको संघर्ष समितिको जुलुस चोहर्वा हुँदै गोलबजार सम्म पुगेका थिए । लघुबित विरुद्धको अभियानमा लागेका पीडित महिलाहरुले देशै भरी आन्दोलन गरिरहेका छन् । "आर्थिक अर्थतन्त्र मजबुत गर " "झोले संस्था खारेज गर " "महिला मार्न पाइँदैन " " महिला हिंशा बन्द गर " " बचत गरेको रकम फिर्ता गर " लगायतका चर्का नारासहित संघर्ष समितिले आफ्ना मागहरु पूरा नभएसम्म संघर्ष जारी राख्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤