चन्द्र उच्च माध्यमिक विद्यालय सिरहाका प्राचार्य कर्णको दोहोरो नागरिकता

  • जेठ ६, २०८०
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ६ । सिरहामा दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ । फरक फरक जन्म स्थान बाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको छ । सिरहाको चन्द्रोयपुर २ जन्म स्थान भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएको मधुसुधन कर्णले विक्रम सम्वत २०४२/४/२० मा जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२१ शाल लेखिएको छ , भने उनै व्यक्तिले पुन जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२८/२/१ जन्म स्थान विष्णुपुर प्र . रा. देखिएको अवस्था रहेको देखिन्छ जहां दुबै प्रमाण पत्रमा बाबुको नाम तेज नारायण लाल कर्णनै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरीकता प्रमाणपत्र लिएका मधुसुधन कर्णको छिमेकी राष्ट्र भारतको समेत प्रमाण पत्र देखिएको हो । एउटै व्यक्ति एकातिर फरक फरक जन्म मिति अनुसार नागरिकता लिएको र अर्कोतिर भारतीय प्रमाण पत्र लिएका कर्णको प्रमाणपत्रमा समेत बाबुको नाम तेज नारायण लाल कर्ण नै लेखिएको छ । नागरिकता लिएर पनि नेपाली सरकारी सेवा सुविधा लिइरहेको अवस्थामा हालसम्म सिरहाको प्रशासनिक निकायले ध्यान नदिनु चिन्ताको विषय रहेको देखिन्छ । नागरीकता प्रमाणपत्र सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युलाई टेलिफोन समपर्ग गर्दा आफूलाई यस सम्बन्धमा कुनै जानकारी नभएको जानकारी दिनु भएको छ भने कर्णलाई टेलिफोन सम्पर्ग गर्दा रिङ गएपनि फोन उठाउनु भएन ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१