ताजा समाचार

निशुल्क पोशाक वितरण कार्यक्रम सम्पन्न

  • जेठ ६, २०८०
  • ८८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ६ । सिरहाको धनगढीमाई १२ स्थित रहेको श्री तुलसी राम सत्य भामा डोटेल माविमा विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरीएको छ । २०४५ को प्रवेशिका उत्तीर्ण पूर्व विद्यार्थी र समाजसेवी इन्जिनियर विष्णु प्रसाद श्रेष्ठ ज्यूको बिशेष पहलमा आज एक औपचारिक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत कक्षा १-५ सम्मका विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरीएको हो । वाडा अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि धनगढीमाईका उप मेयर संगिता चौधरी, विशिष्ट अथिती विष्णु प्रसाद श्रेष्ठ, अथितीहरु नरेश न्यौपाने,राजु श्रेष्ठ, विवेक राज डोटेल, ईश्वर स्वाङबा,चौधरी महतो लगायतको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले राख्नु भएको थियो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपमेयर संगिता चौधरी ज्यूले ५ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्नु हुँदै कार्यक्रमको औपचारिकता शुरू गर्नु भएको थियो । कार्यक्रममा बोल्दै इन्जिनियर श्रेष्ठले आगामी दिनमा पनि समाज सेवी भूमिका आफ्नो जारी रहने बताउनु भएको छ । यसरी पहिलो पटक यस विद्यालयमा भूतपूर्व बिद्यार्थीहरुद्वारा वितरण गरिएको पोशाकले समाजमा सकारात्मक सन्देश पुगेको वाडा अध्यक्ष जय प्रकाश ठाकुरले बताउनु भएको छ । यस विद्यालयबाट उत्पादित जनशक्तिहरु राष्ट्रका विभिन्न ओहदामा पुगेर राष्ट्रको सेवा गर्दै आएको बखतमा चालिएको यस कदमले देश विदेशमा रहनु हुने सम्पूर्ण भूत पूर्व विद्यार्थिहरुलाई विद्यालयको गरिमालाई ख्याल राख्न विवश बनाई सकारात्मक संदेश छोडेको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤