ताजा समाचार

लघुबित कर्मचारी कुटदै पीडित महिला

  • जेठ ५, २०८०
  • १४८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ जेष्ठ - लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित रहेको डिप्रोक्स लघुबित बितीय संस्थामा पीडित महिलाहरुले कार्यालयमा तोडफोड र दुई जना कर्मचारी माथी कुटपिट गरेका छन्।तालाबन्दी गर्न गएका लघुबितीय विरुद्धका संघर्ष समितिका पदाअधिकारी महिलाहरुसंग समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिदा कर्मचारी कुटपिट गरेका छन्। अरु आधा दर्जन लघुबितीय संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। मेरो माईक्रोफाईनान्स लघुबित बितीय संस्था लि. जिबन बिकास लघुबित बितीय संस्था लि. पुर्व कानुनी मन्त्री लिला नाथ श्रेष्ठले संचालन गरेको शृजनशील लघुबित बितीय संस्था,निर्धन उत्थान लघुबित बितीय संस्था लिमिटेड,समीट लघुबित बितीय संस्था लिमिटेड लगायत आधादर्जन लघुबित संस्थामा तोडफोड नाङ्गा झार गर्दै कर्मचारीहरुलाई कुटपिट समेत गरेका छन्।

Open photo

नयाँ चोहर्वा चौकबाट संघर्ष समितिका मधेस प्रदेश सचिब तथा सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सुरु गरेको आन्दोलन चोहर्वा हुँदै गोलबजार सम्म पुगेका थिए। संघर्ष समितिका प्रमुख अतिथि पुनम चौधरी अभियान कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। बिगत १५ महिना अगाडी संघीय राजधानी काठमाडौंको माईतीघर मंण्डलाबाट मणिराम गेवालीको नेतृत्वमा सुरु भएको लघुबित ज्यादतीको अभियान देश भरी आंतकित भएका छन्।लघुबितले प्रेसर गरेर ३० बर्षमा करिब १८ हजार महिलाहरुको मृत्यु हुन् बाध्य बनाएका छन्। लघुबित विरुद्धको अभियानमा लागेका पीडित महिलाहरुले देशै भरी आन्दोलन गरिरहेका छन्।आर्थिक अर्थ तन्त्र मजबुत गर,झोले संस्था खारेज गर,महिला मार्न पर्दैन,महिला हंसा बन्द गर बचत गरेको रकम फिर्ता गर लगायत ५ सुत्रीय माग राखेका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤