ताजा समाचार

गाडी दुर्घटनामा एकको मृत्यु

  • जेठ ५, २०८०
  • ९१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ५ । सिरहाको धनगढी बजारमा गाडी दुर्घटनामा परी स्थानीय दीपक थापाको घटना स्थलमा नै मृत्यु भएको छ । धनगढी बजारदेखि स्थानीय जीरोमाईलतिर रातिको करिब ९ बजेर १५ मिनेटको समयमा पूर्व पछिम राजमार्ग बाट गइरहेको अवस्थामा सडकको बाबुराम पुलको केही पूर्वमा पक्षिमबाट पूर्व तिर आइरहेको ना १ ज ३८२३ नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा बाईकमा सवार करिब ४० वर्षिय दीपक थापा दुर्घटनामा परी पूर्वबाट आइरहेको ट्रकको भित्रपट्टि परी घटाना स्थलमै ज्यान गुमाएका थिए भने थापासँगै बाईक पछाडी सवार करिब २५ वर्षिय मंकी भन्ने सञ्जय शाह सख्त घाइते भएका थिए । घाइते शाहको उपचार विराटनगरमा जारी रहेको बुझिएको छ । धनगढी १० का बासिन्दा थापाको शवलाई रातिनै पोस्ट मार्दमका लागि लाहान अस्पताल पुगाएता पनि जाहेरी आज मात्र परेको छ । बाइक प्र २ - ०१००१ प ३०२९ , म्याजीक भ्यान ना १ ज ३८२३ र ट्रक ना ६ ख ९८१४ लगायत गाडिहरु प्रहरी नियन्त्रणमा रहेको छ भने गाडी चालकहरु फरार रहेको बुझिएको छ ।

alt

प्रतिक्रिया दिनुहोस

ज्येष्ठ नागरिकहरूको ...

ओम प्रकाश यादव लहान असोज १६ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सप्तरी जिल्लाको खडक नगरपा ...

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤