ताजा समाचार

लघुबित संस्था खारेजीको माग गर्दै गाईघाटमा बिशाल पर्दर्शन

  • वैशाख ३१, २०८०
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ बैशाख - लघुबित विरुद्धको आन्दोलन उदयपुरको गाईघाटमा सम्पन्न भएको छ।लघुबित विरुद्धको अभियानका उदयपुर अध्यक्ष बिना मगरको अध्यक्षता गाईघाटमा अबस्थित दर्जनौं लघुबित बितिय संस्थामा तालाबन्दी गरेका छन्। तालाबन्दीकै क्रममा जीवन बिकास लघुबित बितिय संस्थामा आन्दोलन कारीहरुले तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र संस्थाको कर्मचारीबीच समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिएका थिए।तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी मनोज थापा र कविता राई लाई जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा कार्यरत प्रहरी हवल्दार मोटो रकको सेटीङ्गमा हवल्दार हेमा थापाले झुक्याएर आन्दोलन कारीलाई भित्र लगेर हथकडीलगाएर नियन्त्रणमा लिई थुनामा राखेका थिए।

Open photo

आन्दोलनकारीहरु सकृय हुँदा गाईघाटमा दर्जनौं लघुबित संस्थाहरु बिस्थापित भएका छन्।पक्राउ परेका थापा र राईलाई रिहाईको माग गर्दै बिशाल पर्दर्शन गरेका छन्।आन्दोलनमा उदयपुर,सिरहा,सप्तरी,धनुषा,महोत्तरी,सर्लाही बरा,पर्सा लगायतका लघुबित पीडितहरुले हजारौंको संख्यामा सहभागी भइ पर्दशन गरेका छन्। संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष सशिला थापा,सप्तरी जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अनिता चौधरी,मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मा,वरिष्ठ अभियान कर्ता धनिकलाल चौधरी वरिष्ठ अञ्जु चौधरी,उमेश साह लगायत हजारौंको उपस्थित पर्दशन गरेका छन्।

Open photo

लघुबित लाई खारेज गर,नेपाल सरकार मुर्दा बाद, महिला मार्न पाईदैन,बचत गरेको ऋण फिर्ता गर लगायत ५ सुत्री माग राखदै आन्दोलन गरेका छन्।देश भरी नै आन्दोलन हुने गरेका छन। हाम्रो माग पुरा भएन भने देशै भरी विभिन्न चरणको आन्दोलन गर्न चेतावनी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤