ताजा समाचार

रेडियाे सन्देश ८९.८ मेगाहर्जद्वारा भित्तेपात्राे विमाेचन

  • वैशाख २३, २०८०
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ बैशाख २३ । पश्चिम नवलपरासीको सुनवलमा रहेकाे रडियाे सन्देश ८९.८ मेगाहर्जले आज एक कार्यक्रमकाे बिच सुनवलकाे राताे भाले रिसाेर्टमा भित्तेपात्राे विमाेचन गरेकाे छ । रेडियाे सन्देश ८९.८ मेगाहर्जका अध्यक्ष नन्दु कँवरकाे अध्यक्षता तथा सुनवल नगरपालिकाका संस्थापक मेयर भिम बहादुर थापा क्षेत्री प्रमुख आतिथ्यता एवम् उधाेग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यकाे विशिष्ट आतिथ्यतामा भित्तेपात्राेकाे विमाेचन भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि थापाले समाजमा गलत काम गर्नेले पत्रकारसँग दराउनु पर्छ साथै देशमा पत्रकारहरुकाे एकदम जरजर अवस्था छ । रेडियाे सन्देश र पत्रकारहरुलाई कुनै पनि अवस्थामा आफुले साथ सहयाेग गर्न तत्पर रहने बताउनुभयो । आफु नगर प्रमुख हुदा नगरपालिकामा १ कराेड बराबरको स्वास्थ्य सामाग्री हुदा हुदै पनि त्यतिकै लथालिङ्ग अवस्थामा रहेकाेले नगरपालिकाकाे त्यसतर्फ ध्यानाकर्षण गराउदै १५ बेडकाे नगर भित्र अस्पताल सञ्चालन गर्न सकिने बताउनुभयो ।

विमाेचन कार्यक्रममा सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुसाल, पत्रकार राज चाैधरी,सुरेश यादव,रन्जित शर्मा र रडियाे सन्देशका सम्पूर्ण कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन पत्रकार कल्पना खरेलले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤