बाटाे नबन्दा पाल्हिनन्दनका स्थानीयलाई सास्ती

  • वैशाख १०, २०८०
  • ७२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/बैशाख १० । पश्चिम नवलपरासीको महेशपुर -परासी सडकखण्डकाे बाटाे निर्माण नहुँदा हरपुर देखि कुस्मा सम्म स्थानीयलाई सास्ती खेप्नुपरेको छ । उक्त सडकखण्ड १.५ कि.मी बन्दै गरेको सडक खण्डमा ठेक्कादारले सडकमा पानी नहाल्दा सडकको छेउमा रहेको स्थानीय हैरान भएका छ्न् । धुलोले सडक दिउँसै देखिन्न भने सडक किनारका घरमासमेत बस्नै नसक्ने स्थानीय मुकेश गुप्ताले बताउनुभयाे । धुलोले पाकेको खान खान नसकिने भएको छ । घरबाट बाहिर निस्कदा धुलोले केही देखिन्न गाडी आउँदा खतराको उच्च जोखिम देखिएको छ । घरको झ्याल ढोका खोल्नै हुन्न घरमा र पसलहरुमा धुलैधुलाे हुनेगरेकाे छ ।

स्थानीय जनताले निर्माणधीन सडकको धुलोका कारणले वडाअध्यक्षसंग हारगुहार गरें पनि पल्हिनन्दन गाउँपालिका-२ का वडाअध्यक्ष जगदीश प्रसाद गुप्ताले वडा नम्बर २ मा काम शुरु गर्दा वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क नगरी मनोमान ढंगले ठेकेदार पक्षले काम शुरु गरेको बताउनुभयाे । स्थानीयको जनगुनासो पश्चात् वडाअध्यक्षले ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको बताउनुभयाे । सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोजदा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१