ताजा समाचार

समाचार लेखेको भन्दै पत्रकारमाथि तस्करले गर्यो अभद्र ब्यबहार

  • वैशाख ८, २०८०
  • ११४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,८ वैशाख । चोरी पैठारीको समाचार लेखेको भन्दै मोहन यादवको इसारामा म्याजिक्का साहु गिरिजा भन्नेले पत्रकारहरुलाई गालीगलौज गर्दै अभद्र व्यबहार गरेको छ । नव जगृति साप्ताहिकका पत्रकार बद्री नारायण यादव र मिथिला रत्न दैनिकका प्रकाशक सम्पादक तथा नेपाल पत्रकार महासंघ शाखा सिरहाका सचिव शिबदयाल यादवमाथि तस्करको समाचार लेखेको निहुँमा गालीगलौज गर्दै अभद्र व्यबहार गरेका छन् ।

ज १ ज ३१५ नम्बरको म्याजीक सिरहा चोहर्वा सडक भएर जानुको साटो छिन् छिनमा सहायक बाटो प्रयोग गर्दै मिर्चैया पुग्दा शंका लागेपछि प्रहरीले चेक गर्दै गरेको जानकारी पाएर पत्रकारहरु पुगेका थिए । तस्करीको समान ढुवानीमा बद्नाम र चर्चामा आएको म्याजिक देखेपछि पत्रकारहरुले फोटो तथा भिडियो बनाउन थालेको प्रत्यक्षदर्शीहरुले बताए। उनीहरूका अनुसार त्यही क्रममा मोहन यादव भन्ने व्यापारी ४/५ जना युवा सहित चेक गर्ने स्थल पुगेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै पत्रकारहरु गाडीको फोटो खिच्न र समाचार लेखेर काममा अवरोध गरेको भन्दै हात खुट्टा काटेर भएपनि तह लगाउनु पर्छ ।

'तैंले नै म्याजीक रोकाउने र त्यसको समाचार लेख्ने काम गरेछस्। तलाई नै तह लगाउनु पर्छ, गिरिजाको भनाइलाई उदृत गर्दै बद्री नारायण यादवले भने, गिरिजाले गाली गर्दै हातपातको प्रयास गर्दा त्यसको फोटो खिच्न प्रयास गर्दा मोहनको इसारामा शिवदयाल यादव माथि गिरिजाले गाली गर्दै हातपात गर्यो ।' एक नम्री भन्सार पेपर र सामानको परिमाण सही भएको भए बाइपास सडक प्रयोग किन ?, येफ्येन्जे सिरहाका सचिव शिवदयाल यादवले दाबी गर्दै भने,अर्कै समय र फरक परिमाणको भन्सार पेपर बनाएर जाँचकर्मीलाई छल्न प्रयास भएको छ ।'

कानुनले अमिल्दो पेपर बनाएर माइदाभित्र प्रतिबन्धित पदार्थ लुकाएको उनको आरोप छ । यदि त्यस्तो केही थिएन र सामान्य वस्तु थियो भने बल मिचाई, धम्कीको भाषा प्रयोग र बाइपास सडकको प्रयोग किन ? उनको प्रश्न छ । उनका अनुसार गिरिजा र मोहनको कारन मोबाईल फुट्नुका साथै अर्को मोबाईल हराएका छन् । चेकजाँच स्थलमा मोहन र गिरिजा भाषा शैली र बल प्रयोगको कारन अवस्था तनावग्रस्त हुन लाग्दा पनि उपस्थित रहेका प्रहरीले सामान्य भन्दै जिम्मेवारीबाट विमुख भएकोले त्यस घटनाबारे विशेष छानबिन भई दोषीमाथि कारबाहीको माग पत्रकारद्धयले गरेका छन् । दुई दिन अघि ३१५ नम्बरकै सोही म्याजिक १५ बोरा अवैध मैदा लोड गरिएको अवस्थामा प्रहरीले सिरहा नगरपालिका ९ गुलरिया नजिकबाट नियन्त्रणमा लिएको थियो । जसको समाचार बद्री र शिवदयालले लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤