शहिदनगरमा उचित तलबभत्ता नदिएको भन्दै शिक्षकहरु नगरपालिका अगाडि दिए धर्ना

  • चैत २७, २०७९
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएका छन् । केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई समेत ध्यानाकर्षण गराएको हो । सो क्रममा मेयर दिनेश यादवले उनीहरुको तलबभत्ताको लागि पहल जारी रहेको र केही दिनमै निष्कर्ष निकालेर निकास दिने प्रतिवद्धता जनाए । मेयर यादवले शिक्षकहरुलाई विद्यालयबाट समस्या भएको बताउँदै सोको निराकरणको लागि प्रयासरत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१