ताजा समाचार

महेशपुर भन्सार कार्यालयले मिलेमतोमा लिलाम गरेकाे भन्सार छलेर ल्याइएका सामान

  • चैत २६, २०७९
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ चैत २६ । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले मिलेमतोमा सामान लिलाम गर्ने गरेको आरोप लाग्ने गरेको छ । राजश्व छलेर ल्याइएका सामानलाई भन्सार कार्यालयमा कर्मचारीको मिलेमतोमा लिलाम गर्ने गरेको आरोप लाग्ने गरेको हो । महेशपुर भन्सार कार्यालय भारतको उत्तर प्रदेशसँग सीमाना जाडिएको महेशपुर नाकामा छ । यस नाकाबाट दैनिक रुपमा भन्सार छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको छ । त्यसरी बुझाइएका सामानलाई लिलाम गर्ने समयमा सम्पर्कमा रहेका तस्करी गर्ने व्यक्तिलाई बोलाएर सोहीअनुसारको कागज पत्र तयार गरी सामान मिलाइदिने गरेको बताइएको छ ।

पछिल्लो पटक शुक्रबार प्रहरीले बुझाएको २ हजार ९५० केजी सेतो केराउ लिलाम गर्ने क्रममा तोकिएको मितिभन्दा अघि र न्यूनतम् मूल्यभन्दा कममा लिलाम गरिएको छ । जसका कारण कर्मचारीको मिलेमतोमा लिलाम हुने गरेको आशंका गरिएको हो । प्रहरीले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीबाट पिकअप भनेसहित उक्त केराउ बरामद गरेको थियो ।

भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद भएको केराउ सोही दिन प्रहरीले भन्सार कार्यालय बुझाएको हो । भन्सारले उक्त सामान लिलाम गर्नका लागि चैत २७ गते साढे ३ बजेदेखि साढे ४ बजेको समय तोकेर सूचना प्रकाशित गरेको थियो। प्रथम पटक प्रकाशित मिति चैत २७ गते नै भएपछि भन्सार कार्यालयले गल्ती भएको भन्दै २४ गते बनाएको छ ।  लिलाम हुने मिति भने २७ गते नै राखिएको छ । तर भन्सारले २७ गते नभइ २४ गते सोही दिन लिलाम गरेको हो। सूचनामा केराउको न्यूनतम मूल्य २ लाख ६ हजार ५ सय तोकिएको छ। लिलाम भने १ लाख १८ हजारमा गरिएको हो। मटर लिलामबारे भन्सार कार्यालयका प्रमुख बुद्धीकुमार चुँडालले कर्मचारीहरुको गल्तीका कारण प्रकाशित सूचना र लिलाम हुने मिति २४ गते हुनु पर्नेमा २७ गते भएको बताउनुभयाे ।

उहाँले एकै दिन तीन वटा सूचना निकालेको र अन्तिममा निकालिएको सूचनाअनुसार परेको कबोल अंकलाई केराउ सकार्न दिइएको बताउनुभयाे । ‘खाद्यन्न भएको र बिग्रन सक्ने भएकाले एकै दिन सूचना निकालेर लिलाम गरिएको हो । यसमा तलमाथि छैन ; उहाँले भन्नुभयाे । प्रहरी प्रतिवेदनमा केराउको मूल्य जति उल्लेख छ । त्यसैलाई न्यूनतम मानिएको र सूचनामा उल्लेख भएको मूल्यभन्दा कममा पनि दिन सकिने उनले बताए । त्यसैको आधारमा १ लाख १८ हजारमा लिलाम गरिएको उहाँको तर्क छ । भन्सार बुझाएकै दिन हतारमा लिलाम गरिएको प्रति स्वयं प्रहरीले पनि मिलेमतोको आशंका गरेको छ ।

‘केराउ केही दिन राख्दा पनि बिग्रिंदैन त्यसलाई भने हतारमा गरियो । छिटो बिग्रने चिनीलगायतका अरु सामान पनि छन् ।  त्यसबारे भने छिटो गर्नमा भन्सारले वास्ता गर्दैन । यो सबै मिलेमतोमा हो ; एक प्रहरी अधिकृतले दाबी गरे । केराउलगायतका सामान लिलाम गर्दा व्यवसायीहरु भन्सारका कर्मचारीको सम्पर्कमा हुने र उनीहरुलाई बोलाएर कागजी प्रकृया मिलाएर दिने गरेको ती प्रहरी अधिकृतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤