Siraha Times
ताजा समाचार

ठगलाई संरक्षण गर्दै सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा

  • चैत २५, २०७९
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ चैत - जग्गा बेच्ने बहानामा १२ लाख ठगी गरेको खुलासा भएको छ।सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर ११ सोनापुरका राजन कुँवर क्षेत्रीसंग करिब ७ बर्ष अगाडि जग्गा खरीदको लागी बैना वाप्त १२ लाख रुपैया दिएको हो। लहान नगरपालिका वाडा १९ बस्ने जितन यादवले बैना बापत १२ लाख रुपैया दिएको हो।बैना बापत एक बर्ष भित्र भाखा राखी शर्तनामा कागज गरि जग्गा जितन यादवले खरिद गर्ने सर्त भएको थियो।उक्त जग्गा मुल्य बराबरको बाँकी रकम महिना दिन भित्र दिने निर्णय भएका थिए।

Open photo

बाँकी बसेको रकम दिन जाँदा जग्गा धनी राजन कुँवरले रकम नबुझदै बहाना बाजी गरी निर्धारीत समयलाई आलटाल गरी समय गुजारेको जितन यादवले आरोप लगाएका छन। जग्गा क्रेता जितन यादव केहि दिन पछी बैना बापत रकम फिर्ता माग गर्दा ओलझोलमा पारी बहानाबाजी गर्दै आएका थिए। जग्गा दिन नमाने पछि बैना बापत लिएको १२ लाख रुपैया फिर्ता माग गर्दा आज भोलि गर्दा गर्दै झन्डै ७ बर्ष बितेको हो। जग्गा धनी कुँवरले सहज रूपमा बैना बापत लिएको रकम फिर्ता गर्न नमाने पछी ठगीमा परेका जितन यादवले सिरहा स्थित जिल्ला प्रशासन कार्यालयमा जग्गा धनी राजन कुँवर क्षेत्री माथी रकम फिर्ता गर्न उजुरी दर्ता गराएका छन्।

Open photo

२०७९ असोज २६ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडीको प्रत्यक्ष निगरानीमा बैना वापतको रकम २०७९ माघ २६ गते बैना वापत लिएको रकम १२ लाख मध्येको ४ लाख ५० हजार जग्गा क्रेता जितन यादवलाई फिर्ता गर्ने लिखित सहमति भएको थियो। सहि छाप मन्जुरी सहित रकम फिर्ता गर्ने सहमति भए पनि हालसम्म रकम फिर्ता नगरेकोले पीडित जितन यादव अन्यायमा परेको देखिन्छ। यादवको बैना वापतको रकम फिर्ता बारे हालको प्रमुख जिल्ला अधिकारी भोजराज खतीवाडासंग छलफल गर्दा पीडितको समस्या प्रति अनुदार भएर हप्काउदै काम हुँदैन भन्दै अन्य ठाँउमा जानु भएको बताए।

प्रमुख जिल्ला अधिकारी खतिवाडाले दिएको अभिव्यक्ति प्रति पीडित जितन यादव निरास हुँदै घर फर्किएका थिए। प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडाले यस्तो गैरजिम्मेवार अभिब्यक्ती दिएकोले आम जनताको थप पिडा हुने गरेको छ। जग्गा बेच्ने बहनामा १२ लाख ठगी गरेको राजन कुँवरलाई प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडाले संरक्षण गरेको पीडित जितन यादवले आरोप लगाएका छन्। न्यायको लागी शुक्रबार पत्रकार शमेलनमा प्रेस बिज्ञप्ती जागीर गर्दै सत्यतथ्य बुझी पीडित यादवको समस्या सामाधान गर्न सरोकारवाला संग आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१