Siraha Times
ताजा समाचार

१७ लाखको भुक्तानी दिन आलटाल गर्दै चन्द्र नमूना विद्यालयका प्राचार्य कर्ण, सप्लायर्सको व्यापार चौपट

  • चैत २४, २०७९
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,चैत २४ गते । जिल्ला सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ । माग पत्र जारी गर्दै चमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोशन कुमार यादवले रहस्य खुलाए ।

छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री दिए गराए वापत भ्याट सहित १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ भुक्तानी गर्न चनमाविले आलटाल गर्दै आएको आयोजित पत्रकार सम्मेलनमा व्यवसायी रोशन कुमार यादवले प्रष्टाए । उनका अनुसार बिल नं.१७२ को ४ लाख ५३ हजार ४ सय ६९, बिल नं.१६७ को ६ लाख ६४ हजार ९ सय ८०, बिल नं.१६८ को ३ लाख ८९ हजार ८ सय ५० र बिल नं.२०४ को १ लाख ९६ हजार २ सय ८१ गरी चारवटा बिलको भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । निर्माण सामग्री दिए वापत विद्यालयमा पेश गरिएको बीलको आर्थिक वर्ष समाप्त भएपछि पनि भुक्तानी हुन नसक्दा लेखा परिक्षकको राय बमोजिम उक्त बिल पेश भएको हो भनी स्वीकृति पत्र दिएको तर रकम भुक्तानी नगर्दा व्यापार नै चौपट हुने अवस्थामा पुगेको उनले दुखेसो पोखे ।

“विद्यालयका प्राचार्य कर्णले हस्ताक्षर गरेको सामग्री माग पत्र अनुसार निर्माण सामग्री उपलब्ध गराएर रकम भुक्तानीका लागि बर्षौ देखि कैऔ पटक ताकेता गरे पनि कुनै सुनुवाई गरिरहेको छैन्,”व्यवसायी यादवले भने,“विद्यालयलाई उपलब्ध गराएको निर्माण सामग्रीको बिल काटेर विद्यालयमा गएको आर्थिक वर्षमै पेश गरे । कर कार्यालयमा त्यस बिलको कर पनि चुक्ता गरिसके तर भुक्तानी नहुँदा दोहोरो मारमा परेको छु ।” प्रमाण सहित आएमा प्रक्रिया पु¥याएर नियमानुसारको भुक्तानी गर्न सकिने चनमावि सिरहाका प्राचार्य कर्णले बताए । केही कारणले भुक्तानीको प्रष्टताबारे ढिलाई भएको उनले स्वीकार गरेका छन् । आउने केही दिनमा त्यस्ता समस्याको निकास आउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१