बिओपी माडरमा सशस्त्रका डिएसपी खडकाले सम्हाले कमाण्ड, उनकै कमाण्डमा तीन बिओपी

  • चैत २०, २०७९
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया ,सिरहा चैत २० गते । सिरहाको माडर खैरटोका स्थित रहेकोबिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा पवन खडकाले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको माडर लगायत तीन सशस्त्र बिओपीलाई कमाण्डका लागि डिएसपी खडकालाई जिम्मेवारी दिएको हो । सीमासँगै रहेको बिओपी माडर(खैरटोका), बिओपी बरियारपट्टि, ईटाटार, लगडी गडियानी समेतको कमाण्ड लिएका हुन् । अबदेखि बिओपी माडरकै अधिनमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी माडर) मा अन्तर्राष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार माडरमा डिएसपी धानुकको कमाण्ड खटाएको हो । माडर, बरियारपट्टि ,ईटाटार र लगडी गडियानी बिओपी अब डिएसपी खडकाकै कमाण्डमा चल्ने भएको छ । पहिलो पटक माडर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१