ताजा समाचार

बिओपी माडरमा सशस्त्रका डिएसपी खडकाले सम्हाले कमाण्ड, उनकै कमाण्डमा तीन बिओपी

  • चैत २०, २०७९
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया ,सिरहा चैत २० गते । सिरहाको माडर खैरटोका स्थित रहेकोबिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा पवन खडकाले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको माडर लगायत तीन सशस्त्र बिओपीलाई कमाण्डका लागि डिएसपी खडकालाई जिम्मेवारी दिएको हो । सीमासँगै रहेको बिओपी माडर(खैरटोका), बिओपी बरियारपट्टि, ईटाटार, लगडी गडियानी समेतको कमाण्ड लिएका हुन् । अबदेखि बिओपी माडरकै अधिनमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी माडर) मा अन्तर्राष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार माडरमा डिएसपी धानुकको कमाण्ड खटाएको हो । माडर, बरियारपट्टि ,ईटाटार र लगडी गडियानी बिओपी अब डिएसपी खडकाकै कमाण्डमा चल्ने भएको छ । पहिलो पटक माडर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤