पत्रकार महासंघको केन्द्रीय बैठकमा सहभागी हुँदै बनैता

  • चैत १६, २०७९
  • ९२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १६ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आठौ बैठकमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहभागी हुने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौ बैठक लुम्बिनी प्रदेशको पछिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ७ उजैनी स्थित रहेको रामग्राम स्तुपमा हुन गइरहेको केन्द्रिय समितिको आठौं बैठकमा सहभागिताका लागि जान लागेको बनैता निजी स्रोतले जनाएको छ । सिरहामा बौद्धिक , निडर र स्पस्ट वक्ताको रुपमा परिचित बनैता नेपाल पत्रकार महासंघ सिराहा शाखाको गहना मानिन्छन् । देशको राजनीतिक परिवेशलाई नजिकबाट बुझेका बनौताले भ्रष्टाचारको खुलेर बिरोध गर्ने हस्तीको रूपमा सिरहामा आफूलाई साबित गराइसकेका छन् । शैक्षिक बौद्धिक उच्च छविका धनी बनैताले सिराहा छोड्दा सक्रिय पत्रकारहरुले सफल यात्राको शुभकामना दिएका छन् । पत्रकारिता जगतमा देखिएका चुनौतीलाई सामना गर्दै सिरहाको पत्रकारितामा अमूल्य योगदान गर्दै आएको बनौताको लुम्बिनी प्रदेशको बैठकको सहभागिताले सिरहाको पत्रकारिता मजबूत हुने आम सिरहाबासिको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१