ताजा समाचार

महिनाथपुर बिओपीमा सशस्त्रका डिएसपी धानुकले सम्हाले कमाण्ड, उनकै कमाण्डमा तीन बिओपी

  • चैत १३, २०७९
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको महिनाथपुर बिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा मदन बहादुर धानुकले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको धनुषाको विभिन्न तीन सशस्त्र बिओपीलाई कमाण्ड गर्न महिनाथपुरमा डिएसपी धानुकले कमाण्ड सम्हालेका छन् । सीमासँगै रहेको बिओपी इनरबा, बिओपी खजुरी र बिओपी धनौजीलाई समेत कमाण्ड लिएका हुन् । अबदेखि बिओपी महिनाथपुरकै अधिनश्थमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) मा अन्तराष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार महिनाथपुरमा डिएसपी धानुकको कमाण्ड खटाएको हो ।

खजुरी, इनरबा र धनौजी बिओपी अब डिएसपी धानुककै कमाण्डमा चल्ने भएको छ । पहिलो पटक धनुषाको महिनाथपुर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो । यसअघि सुरक्षा निकायको इन्टेलिजेन्स ब्यूरो काठमान्डौँमा कार्यरत रहेका धानुक गत चैत्त १० गते कार्यभार सम्हालेका हुन् । यसअघि पनि आसपासका क्षेत्रमा कडा सुरक्षाले चिनिएका डिएसपी धानुकले तीन बिओपीलाई थप उर्जा दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤