महिनाथपुर बिओपीमा सशस्त्रका डिएसपी धानुकले सम्हाले कमाण्ड, उनकै कमाण्डमा तीन बिओपी

  • चैत १३, २०७९
  • ६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको महिनाथपुर बिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा मदन बहादुर धानुकले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको धनुषाको विभिन्न तीन सशस्त्र बिओपीलाई कमाण्ड गर्न महिनाथपुरमा डिएसपी धानुकले कमाण्ड सम्हालेका छन् । सीमासँगै रहेको बिओपी इनरबा, बिओपी खजुरी र बिओपी धनौजीलाई समेत कमाण्ड लिएका हुन् । अबदेखि बिओपी महिनाथपुरकै अधिनश्थमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) मा अन्तराष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार महिनाथपुरमा डिएसपी धानुकको कमाण्ड खटाएको हो ।

खजुरी, इनरबा र धनौजी बिओपी अब डिएसपी धानुककै कमाण्डमा चल्ने भएको छ । पहिलो पटक धनुषाको महिनाथपुर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो । यसअघि सुरक्षा निकायको इन्टेलिजेन्स ब्यूरो काठमान्डौँमा कार्यरत रहेका धानुक गत चैत्त १० गते कार्यभार सम्हालेका हुन् । यसअघि पनि आसपासका क्षेत्रमा कडा सुरक्षाले चिनिएका डिएसपी धानुकले तीन बिओपीलाई थप उर्जा दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१