ताजा समाचार

बैंकको रकम लुटी फरार रहेका ३ जना मानिसहरु पक्राउ

  • चैत १२, २०७९
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १२ चैत । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी टेकु न्नद इवा लिम्बूले पछिल्लो समयमा रकम लुटी फरार रहेका मनिसहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ। एसपी लिम्बूका अनुसार २०७९ फागुन १० गते २:४५ बजेको समयमा सिरहा मिर्चैया नगरपालिका वडा नम्बर -३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई.एम.ई बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने क्रमचारीले ज.६.प. ८१८५ नं. को मोटरसाईकल चलाई मिर्चैयाको ग्लोबल आई.एम.ई बैंकबाट नगद रु (९००,०००) (नौ लाख) रकम निकाली कालो ब्यागमा हाली पछाडी ढाडमा बोकी ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुर तर्फ लिएर आउने क्रममा नम्बर नखुलेको MT र अपाचे मोटरसाईकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई उक्त रकम खोसी लिई दक्षिण तर्फ भागी फरार भएको थियोे ।

प्रहरी अनुसन्धानः - तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा लगायत मातहत समेतको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९ चैत ९ गते बिहीबार जिल्ला सिरहा सिरहा नगरपालिका स्थित हेमनारायण चौक स्थितबाट निजहरुलाई फेलापारी कानुन बमोजिम पक्राउ गरि आज सार्वजनिक गरिएको बताइएको छ ।

नोट:- शरीर बन्धक तथा डाँका मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भई रहेको सिरहाका एसपी टेकु न्नद इवा लिम्बूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤