ताजा समाचार

पानी र सर सफाई गतिशील परिवर्तन मूल नाराका साथ कृष्णनगरमा मनाइयो विश्व पानी दिवस

  • चैत ८, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र ८ विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । पानी र सर सफाई गतिशील परिवर्तन मूल नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजनामा कृष्णनगरमा विश्व पानी दिवस अंतर्क्रिया कार्यक्रम गरि मनाइएको छ l

कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, प्रमुख अतिथि कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, अतिथिमा स्वास्थ्य शाखाका बिष्णु पौडेल, शिक्षा शाखाका प्रमुख बलराम पन्थी लगायत रहेका थिए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नगरमा स्वच्छ पानी तथा सर सफाई कार्यक्रम लाई स्थान दिइने बताउदै स्वच्छ पानी पिउन सबैलाई आग्रह गर्नुभयो l

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शर्माले पानी जीवनका लागी अमृत फल रहेको बताउदै पानीको महत्व सबैले बुझेर पानीको मुहान सफा राख्नुपर्ने बताए l पानीको महत्व र दूषित पानी बाट लाग्ने रोग हरुको बारेमा बिस्तृत जानकारी दिदै नगरमा स्वच्छ पानी पिउनका लागी नगरले अभियानको रूपमा लैजानुपर्ने दयाराम शर्माले जोड दिनुभयो l कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, संघ संस्थाका प्रतिनिधि, पत्रकार, कर्मचारी, कृष्णनगर खानेपानी संस्थानका पदाधिकारी लगायतको उपस्थित रहेको थियो l पालिका पोषण सहजकर्ता पृथीपाल तेली कार्यक्रम संचालक रहेका थिए l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤