Siraha Times
ताजा समाचार

लहानको जे.एस. क्याम्पसमा ६ दल स्वभियु निर्वाचनमा भाग लिदै

  • चैत २, २०७९
  • ११६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ फाल्गुन - चैत ५ गते हुन् लागेको स्वभियु निर्वाचनमा लहान स्थित रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा जम्मा ६ वाटा राजनीति पार्टीका विद्यार्थी भातृ संगठनले चुनावमा भागलिन दल दर्ता गराएका छन्। बिगतमा अखिल र नेबि संघले राज गर्दै आएको जे.एस. मुरारका क्याम्पसमा विद्यार्थी जनमत संघको बहुलियता देखिको छ।चुनावमा भाग लिने दलका प्रतिनिधिहरुले मनोनय दर्ता गराउने दिन बिहिवार आजको दिएको हो । निर्वाचन सम्पन्न गर्न निरन्तर दुई दिन देखि बस्ने सर्बदलिय बैठकले निर्वाचनकको लागी कुनै टुंगो नलागदा बैठक निशकर्श बिहिन बनेका सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताए।

स्व.भि.यु निर्वाचन २०७९ को लागी निर्वाचन कार्य तालिका छलफलका लागी निर्वाचन समिति तथा निर्वाचनमा प्रयोजनका लागी क्याम्पसमा दल दर्ता भएका संगठनका प्रतिनिधिसंग बैठक बसेका थिए। निरन्तर दुई दिन सम्म बैठक बस्दा सहमति हुन् नसक्दा क्याम्पसले केन्द्रले निर्धारण गरेको स्वभियु निर्वाचन मिती चैत ५ गते नै गराउने क्याम्पसले निर्णय गरेका छन्। हिजो बसेको बैठकमा अखिलका विद्यार्थीहरु बैठक बहिष्कार गरेका थिए।नेबि संघका पप्पु कुमार यादव,विद्यार्थी जनमत संघका जितेन्द्र कुमार मंण्डल,अखिल क्रान्तिकारीका राम उदगार यादव,समाजबादी विद्यार्थी संघका उमेश कुमार साह, अनेरास्ववियुका मो.नबि हसन लगायतका प्रतिनिधिहरुले बैठकमा भाग लिएका थिए।

Open photo

क्याम्पस प्रमुख संजय कुमार चौधरीका अनुसार चैत ५ गते निर्वाचन गराउने सम्पुर्ण दलका प्रतिनिधिलाई परिपत्र सार्बजनिक गरेका छन्।सोमबार बिहान बसेको बैठक निस्कर्श बिहिन भएर पुनः ४ बजे बैठक बस्ने तय गरेका छन्। स्वभियु चुनावका लागी देश भरीका विभिन्न क्याम्पसहरुमा चुनावी सर्गर्मी बढीएका छन्। १४ बर्ष देखि नेतृत्व बिहिन रहेका जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा चैत ५ गते निर्वाचन गराउन क्याम्पसले पुर्ण रूपमा पहल गरिरहेका छन्।निर्वाचन बहिष्कार गरेका अखिलका विद्यार्थीहरु पुनः निर्वाचनमा भाग लिने पुर्व क्याम्पसका स्वभियु सभापति दिपेन्द्र चौधरीले बताए। चुनावी दर्गर्मी निकै बढीएको क्याम्पस प्रमुख संजय कुमार चौधरीले बताए।मतदान गर्ने विद्यार्थीहरुको लागी चैत १ गते सम्म नामाङ्गअबधि तोकिएको क्याम्पस प्रमुखले बताए।

प्रतिक्रिया दिनुहोस

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१