ताजा समाचार

चर्चित युवा गीतकार बेदर्दीले पाए 'सर्वोत्कृष्ट मैथिली गीतकार २०२३' अवार्ड

  • फागुन २९, २०७९
  • ७१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

" नेपाली हुनुमा गर्व गरौँ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं " भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) द्वारा आयोजित नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड 'राष्ट्रिय समावेशी म्यूजिक अवार्ड' (National Inclusive Music Award 2023) आज फागुन २८ आईतवार सम्पन्न भएको छ। संयोजक कमला जोशी अनुसार विगत ६ वर्षदेखि नियमित गीत सङ्गीतहरुको प्रवर्द्धनमा सहयोग पुर्याउने उदेश्यले नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजना हुँदै आएको छ। विभिन्न भाषाभाषीका कुल ४२ विधामा प्रतिष्पर्धा रहेका देशभरिका कलाकार, श्रष्टा तथा सर्जकहरू मध्ये मिथिला-मधेशका चर्चित युवा गीतकार विद्यानन्द बेदर्दीले सर्वोत्कृष्ट मैथिली गीतकार २०२३' अवार्डबाट सम्मानित भएका छन्।

एक दशक देखि संचार क्षेत्रमा समर्पित नाम हो - विद्यानन्द बेदर्दी। वि. सं. २०६९ मा सप्तरीका रेडियो छिन्नमस्ता एफ.एमद्वारा प्रसारित साहित्य-संसार कार्यक्रम संचालनबाट रेडियो क्षेत्रमा प्रवेश गरेका थिए। त्यती बेला साहित्य-संसार सप्तरीका साहित्य क्षेत्रमा ठूलो लोकप्रिय बनेको थियो। उनको 'मिथिला एक्सप्रेस' , 'बितल बात' र 'अपन मिथिला' रेडियो कार्यक्रमले पनि निकै चर्चा पाएको थियो। वि. सं. २०७१ मा एस. एल. सी. उत्तीर्ण गर्नु अघि उनले 'मिथिला एक्सप्रेस' मैथिली एलवम बजारमा ल्याएका थिए। उनको यो एलवमको 'यादमे अहाँके तड़पै छी पलपल प्रिया' सर्वाधिक हिट रहेको थियो। उनको चहटगर चटनी, प्राण हमर मिथिला, दिलचोर्नी चारवटा एलवम रहेको छ भने तीनवटा हिट म्यूजिक भिडियो रहेको छ। थोरै गीत तर गुणस्तरिय गीत, गीतमा मौलिकता र मधुरता भरेको होस्। गीतका पक्तिहरू कुनै गीत सङ्ग मेल नखाओस्, एउटा कम्पलिट गीत बन्नको लागि रचित शब्दले नयाँ आकार दिओस् भन्ने उद्येश्य र प्रयासका साथ अश्लीलता र प्यारोडी विरुद्ध समेत आवाज उठाउँदै आएका गीतकार बेदर्दीको अघिल्ला चरणहरूमा 'दिलके डायरी', 'नैना नुकाकऽ' र 'प्रेमक पिचकारी' म्यूजिक भिडियोहरूमा पनि ठूलो बजेटको लगानी र राष्ट्रिय कलाकाहरू सम्मको संलग्नता रहेको छ।

यस अवार्डमा बेदर्दीको ६ जना गीतकार र सङ्गीतकारहरू सङ्ग प्रतिस्पर्धा रहेको थियो। बेदर्दीका साथै मेनुका माझी सर्वोत्कृष्ट महिला मोडल (पब्लिक चोइस) , विरेन्द्र झा सर्वोत्कृष्ट गायक अवार्ड र विक्रम गुप्ता सर्वोत्कृष्ट पुरूष मोडलबाट सम्मानित भएका छन्। अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिएको छ। अवार्डका प्रमुख अतिथि प्रशासण मन्त्री अमन लाल मोदी, विशिष्ट अतिथि बसुन्धरा भुसाल, पूर्व मन्त्री चित्रलेखा यादव, राष्ट्रिय गाण रचियता प्रदीप कुमार राई (व्याकुल माईला), आदि अनेकौ गणमान्य नेपाली फिल्म सेलेब्रीटीहरू कार्यक्रममा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤