ताजा समाचार

सिरहामा टेस्ट परिक्षाको नाउँमा लाखौं रकम अशुली कार्बाही गर्ने निकाय बेखबर

  • फागुन २५, २०७९
  • १४४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ फाल्गुन - टेस्ट परिक्षाको नाउँमा लाखौं रक अशुली गरेको तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेको ६ वाटा माध्यमिक बिधालयका प्र.अ.ले प्रबेशपत्रको नाउँमा बिना निर्णय,बिना बिल भर्पाईको छात्र छात्राहरुसंग लाखौं रकम अशुली गरेको स्थानीय अभिवाक र विद्यार्थीहरुको आरोप रहेका छन्।शिक्षा ऐन २०२८ को दफा १६ घ (१) बमोजिम नेपाल सरकारले नि: शुल्क शिक्षा घोषणा गरेको छ।बिधालय शिक्षाका लागी सामुदायिक बिधालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन, शिक्षा ऐनमै उल्लेख गरिएको छ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिधालयहरु श्री जनता डाेमी चौधरी माध्यमिक बिधालयका प्र.अ.पशुपति साह, 

 

श्री रामा महन्थी माध्यमिक बिधालयका प्र.अ.कासिन्द्र प्रसाद यादव,श्री जनता माध्यमिक बिधालयका प्र.अ.महेन्द्र प्रसाद साह,जनता नन्द ललिता माध्यमिक बिधालयका प्र.अ.बिनोद कुमार सिंहले मा.बि.पिप्रा का प्र.अ.गंगा राम मंण्डल,ध.मा.बि.का प्र.अ.राम कुमार ठाकुर लगायतका ६ जना प्र.अ.ले प्रत्येक टेस्टका परिक्षार्थीहरुसंग ५५० रुपैया देखि ८५० रुपैयाँ प्रवेश पत्रका नाउँमा अशुली गरेको तथ्य फेला परेका छन्।सरोकारवाला निकायले शैक्षिक माफिया र डाकाहरुले कार्बाही किन गर्दैन।मौन बस्नुको कारण अभिभावक र विद्यार्थी राम्रोसंग निङ्गघालेका छन्।पछिल्लो समय SEE को फर्म भर्दा प्रत्येक विद्यार्थीसंग १०५० एक हजार पचास रुपैया अशुली गरेका छन्। विद्यार्थीका अनुसार आफुहरु सो सम्बन्धमा कुरा गर्दा विद्यार्थी र अभिभावक अँखामा झुल झेकेर स्तरउन्नतिको पैसा लिएको भन्दै प्र.अ.ले बताए।

विद्यार्थी र अभिभावकका अनुसार हामी संग पैसा नभएको कारण हामी आधी घन्टा सम्म पर्खीनु पर्छ।पैसा पछी दिन्छु भने पछी मान्दैन,परिक्षाको समयमा मानसिक तनाव दिने गरेको अधिकांन्स विद्यार्थीहरुको गुनासो छ। टेस्ट परिक्षाको लागी प्रश्नपत्र छापीएको छैन १० सेटबाट कुनै बर्षको फोटो खिचेर प्रीनट गरेको प्रशनपत्र दिने गरेको विद्यार्थी र अभिभावकको गुनासो रहेको छ।पैसा उठाएको कुरा समाजिक संजाल र गाउँपालिकाले जानकारी पाए लगत्तै शिक्षा शखाबाट पालिका भित्र रहेका सम्पुर्ण समुदायीक बिधालयहरुलाई कुनै किसमको शुल्क नउठाउन परिपत्र गरेका छ। ६ जना प्र.अ. ले गाउँपालिकालाई पनि नमानी अटेर गरिरहेको बुझ्नमा आएका छन्।प्.अ.को गुटबन्दीले शिक्षा निकै चुनौतीपूर्ण बन्दै गएको छ। पटक -पटक शिक्षा स्तर उन्नतिका लागी विद्यार्थीबाट रकम अशुली गरेको अभिभावकहरुको आरोप रहेका छन्।गाउँपालिकाले परिपत्र गरे पछि विद्यार्थीबाट उठाएको पैसा फिर्ता गर्ने प्र.अ. हरुले बताए। शिक्षामा गैरजिम्मेवार काम गरेको आरोप छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤