Siraha Times
ताजा समाचार

जयनगर लाईवको प्रथम बार्षिक दिवस एवम् होली मिलन समारोह भव्यताका साथ मनाईयो

  • फागुन २२, २०७९
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा । सिमावर्ती भारतको जयनगरमा जयनगर लाईभको प्रथम बार्षिक दिवसको अवसरमा "परिचर्चा-सह- होली मिलन समारोह भव्यतका साथ मनाईएको छ ।" ईन्टरनेटको पाचौं पिढी (5G) को डिजिटल र परम्परागत मिडियामा प्रभाव र सम्भावना "बिषयमा परिचर्चा गरिएको हो । निरीक्षण भवन,कमला नगर जयनगरमा भएको एक कार्यक्रममा पत्रकार जगदिश प्रसाद यादवको अध्यक्षता एवम प्रमुख अतिथि डा.कमल कान्त झा , बिशिस्ट अतिथी डा. अधिवक्ता बिरेन्द्र झा,लगायत साहित्यकार ,समाजसेवी,अधिवक्ता र पत्रकारहरुको उल्लेखनीय सहभागीमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रशंसा पत्र सहित सम्मानका गरेको साथ साथै होली मिलन समारोहको आयोजना गरि एक अर्कालाई संग रंग लगाएर शुभकामना आदानप्रदान गरि होली मनाईएको हो । जयनगर लाईवके संस्थापक पत्रकारले उपस्थित सम्पुर्णलाई पर्यावरण संदेशको रुपमा आँपको बोट हस्तान्तरण गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कमल कान्त झाले देशको लागि पत्रकारले काम गर्नुपर्छ कामको दौरानमा कुनै पनि प्रलोभनमा नपरी देशको हकहितमा काम गर्नु पर्ने बताए । यस्तै अधिवक्ता बिरेन्द्र झाले भने ; कुनै पनि घटनाको समाचार लेख्दा एकतर्फी कुरा मात्र लेखेर हुदैन दुबै पक्षकाे कुरा सुनेर मात्र समाचार लेख्नु पर्छ र समाचारको फलोअप उतिकै महत्त्व रहेको बताएका छन । जयनगर लाईवको संस्थापक पत्रकार सुरेश कुमार गुप्ता पत्रकार सुभाष सिंह यादवले कार्यक्रमको आयोजना गरेका थिए भने कार्यक्रम संचालन अधिवक्ता (युटुबर) राणा प्रतापले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१