ताजा समाचार

कृष्णनगर विद्युतका प्रमुख पौडेल लाई स्वागत खां लाई बिदाई

  • फागुन १७, २०७९
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १७ राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेल लाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खां लाई बिदाई गरिएको छ l कृष्णनगर नगरपालिका वडा नं १ मा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खांको निवासमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , मौलाना जहिर अहमद बरेलवी, डा. सहाबुद्दीन, असरफ खान, अब्दुल समद खां लगायतले पौडेल तथा खां लाई दोस्ल्ला ओढाई सम्मान गरेका थिए l

कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले कमर आलम खांले आफ्नो कार्यकालमा जनता लाई पुर्याएको सेवा कृष्णनगर क्षेत्रका लागि अविस्मरणीय रहने बताउदै बाकी कार्यकाल सफलताका साथ वितोस भन्ने कामना व्यक्त गरे l

कार्यक्रममा प्रमुख पौडेल लाई स्वागत गर्दै अध्यक्ष अल्कूफी ले कृष्णनगर बसाई सुखद रहोस भन्ने कामनाका साथ सेवाग्राहीको सम्सया समाधान गर्नु हुनेछ भन्ने आफू हरू पूर्ण विश्वस्त रहेको बताए l कार्यक्रममा कृष्णनगर वितरण केन्द्रका प्रशासन शाखा प्रमुख बिष्णु पौडेल,अब्दुल हसिब, जाहिद आजाद, मौलाना मुबारक, मास्टर इदरिस, अलताफ़ खान, शैख अब्दुल सलाम,अब्दुल नूर लगायतको उपस्थित रहेको थियो l कार्यक्रममा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीलाई समेत सम्मान गरिएको थियो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤