ताजा समाचार

किशोरीहरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कृष्णनगरमा सम्पन्न

  • फागुन १४, २०७९
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा एक दिने किशोरी हरुको सवाल सम्बोधनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी , इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना, राजेश मिश्र, थुमा देवी उपाध्यक्ष लगायत वडाध्यक्ष हरु रहनुभयो l

कार्यक्रममा स्वागत मन्तव्य किशोरी अधिकार मंचकी वविता चौहान रहनुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले किशोरी हरूको शिक्षा प्रति अभिभावक सचेत हुनुपर्ने, किशोरी हरू हाम्रो देशका भबिष्य रहेको बताउदै किशोरी हरूको हक अधिकार संरक्षण गर्न नगर स्तरबाट हुने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयोl कार्यक्रममा किशोरी हरुको हक अधिकार सम्बंधि निति नियम, साइबर क्राइम, दुर्व्यवहार, लगायतका बिषयमा वक्ता हरूको जानकारी गराएका थिए l

कार्यक्रममा ओरेकका सहायक जिल्ला अधिकृत संगीता चौरसियाले जसको सवाल उसैको नेतृत्वमा किशोरी हरू अगुवाई गर्दै, किशोरी हरू तथा स्थानीय सरोकारवाला संगको सम्बन्ध र सहकार्य कसरी विस्तार गर्ने लगायत कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभयो l कार्यक्रममा खुल्ला सवाल कार्यक्रमको अगुवाई किशोरी मंच जिल्ला सदस्य गुडिया यादवले गर्नुभयो l ओरेक संस्थाकी मनोविमर्शकर्ता पार्वती चौधरीले कार्यक्रम संचालन गर्नुभयो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤