Siraha Times
ताजा समाचार

समुदायमा बाल बालिकाहरु संग प्रहरी कार्यक्रम कृष्णनगरमा सम्पन्न

  • फागुन १३, २०७९
  • ८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा समुदायमा बाल बालिकाहरु संग प्रहरी कार्यक्रम कृष्णनगर नगरपालिकाको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न सम्पन्न भएको छ l कार्यक्रममा बाल बचाउ, बाल अधिकार, बाल संरक्षण, लगायत बाल बालिकाको कानूनी अधिकार, बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार, बाल विकासको अधिकार, बाल सहभागिताको अधिकार लगायतका बिषयमा कृष्णनगर नगरपालिकाको महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले प्रष्ट पार्नुभयो l

अपराध, दुर्घटना, घटना, अपराधि, घटना स्थल लगायतको परिभाषा, कसुर भएको जानकारी कसरी दिने, सुरक्षित र असुरक्षित छुवाई, साइबर क्राइम लगायत बाल बालिकाको अधिकार संरक्षण सम्बंधि लघु चलचित्र समेत देखाई वाल बालिकाको हक अधिकार संरक्षण लगायत बिषयवस्तुमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले सहजीकररण गर्नुभयो l कार्यक्रममा बाल बालिकाको अपराध न्यूनिकरणमा भूमिका तथा बाल बालिका बाट आएको जिज्ञासा समेत लाई स्थान दिई सहजीकरण गरिएको थियो l कृष्णनगर नगरपालिका भित्रका वडा नं दुईका३० जना तथा वडा नं तीनका ३० जना बाल बालिका हरूको सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१