ताजा समाचार

प्रदिप दाहालको नेतृत्वमा शिवरात्री धुमधामसँग मनाइँदै

  • फागुन ६, २०७९
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुण ६ । महान पर्वकाे रूपमा रहेको शिवरात्री हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जाग्राम बसी भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् भने कतिपय भक्तजनहरू रातभर उपवास बस्छन् । धार्मिक मान्यता अनुसार सृष्टिको प्रारम्भमा भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान गरेर महाशिवरात्रि पर्व मनाइन्छ । सिरहाको धनगढीमाई १२ को बगर टोलमा रहेको शिवालय मन्दिर परिसरमा बिहान करीब ७ बजेको समयमा कलश यात्रा गरी स्थानिय सरे खोलाको परेवा भीरमा गई जल भरेर पुन् शिवालय परिसरमा अाएर कलश यात्रा समापन गरिएको राजु विकले जानकारी गराएको छ । स्थानिय यूवा प्रदिप दाहालको बिशेष नेतृत्वमा आयोजित कार्यक्रममा नगर स्थरिय नृत्य प्रतियोगिता हुने स्थानिय बताउँछन् । सामाजीक कार्यमा दिलो ज्यानले कार्य गर्दै आएका दाहालको करिब दुई हप्ताको प्रयास पछी हुन गइरहेको नृत्य प्रतियोगितामा नगरका प्रमूख लगाएत विभिन्न पार्टीका जिल्ला नेतृत्व तहको सहभागिता हुनुका साथै करिब दुई दर्जन प्रतियोगीहरुले नृत्यको लागि नामाङ्कन गराएको आयोजक समितिका अध्यक्ष प्रदिप दाहालले जानकारी दिएको छ भने नृत्यमा सफल हुनेहरूलाई बिशेष सम्मान सहित पुरस्काद्वारा सम्मानीत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤