ताजा समाचार

जिल्ला प्रहरी कार्यालय सिरहामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • माघ २९, २०७९
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल लहान माघ २९ गते । जिल्ला प्रहरी कार्यलय सिराहामा समसामायिक विषय वस्तु माथि पत्रकार र प्रहरी प्रमुख सँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाको बैठक हलमा आयोजित कार्यक्रममा नयाँ एसपि टेकु नन्द लिम्वु ज्यूले कार्यक्रममा परिचयात्मक सन्दर्भ सँगै जिल्लाका सुरूक्षा व्यवस्था माथि ब्यापक चर्चा गर्दै अपराध नियन्त्रण सम्बन्धि आन्तर्किया गरिएकाे थियाे । एसपि लिम्बु सिराहामा आएको करीब २ दिन भित्रमा पत्रकारहरुसँग भएको अन्तर्क्रिया कार्यक्रमले सकारात्मक प्रभाव परेको बुझिएको छ । जिल्लाको अपरधिक घटनाहरुको विषयमा बुझ्न र आउँने दिनहरुमा विभिन्न किसिमका घटनाहरु नियन्त्रण गर्न देशको चौथो अङ्गको रूपमा रहेको पत्रकारहरुको पनि साथ र सहयोगकाे जरुरी रहेको एसपि लिम्बुले बताउनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासघ सिरहा शाखाका सभापती मनोज बनैता यादब, नेपाल पत्रकार महासघ सिरहा शाखाका पुर्ब अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, कन्तिपुर सञ्चारकर्मी भरत जर्घा मगर, नयाँ पत्रिका सिराहा संवाददाता मनिलाल बिश्कर्मा, पत्रकार बिनय यदब, पत्रकार, बिनोद मण्डल , पत्रकार महासघ सिरहा शाखाका कोषा अध्यक्ष बिरेन्द्र प्रसाद नेपाल लगायत डेड दर्जन जति पत्रकारहरुले नयाँ एसपिलाई सफल कार्यकालको शुभ कामना दिदै समसामायिक विषय वस्तु माथि आफ्ना भनाईहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤