ताजा समाचार

उपाध्यक्ष मशहूदको पहलमा आयसा गर्ल्स कालेजमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

  • माघ २३, २०७९
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर माघ २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छl लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालरको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ l संचालन गरिएको शिविरमा छालातथा यौन रोग , महिला तथा स्त्रीरोग तथा जनरल सेवाहरू का साथ शिविर संचालन गरिएको छ l सो शिविर बाट कृष्णनगर नगरपालिका भित्रका बहुसंख्यक सेवाग्राही आफ्नो चेकजांच गराउनका साथै निशुल्क रूपमा औषधि समेत लगेका छन् l

स्त्री रोग विशेषज्ञ शकुन्तला गुप्ता, छाला रोग विशेषज्ञ रक्षा पाठक, जनरल फिजिशियन डा. पोषण न्योपाने रहेका थिए l सोही क्रममा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी, आयसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, मौलाना अब्दुल नूर, डा. सहिद अहमद असरि, मौलाना अब्दुल सत्तार, मौलाना अब्दुल रशीद मदनी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की लगायतले प्रदेश निर्दैशनालयका डायरेक्टर डा. विनोद कुमार गिरि, मुस्लिम आयोगका सदस्य अरशद मिर्जा बेग, बरिष्ठ जनस्वास्थ्य प्रशासक रोसनलाल चौधरी तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा लाई राष्ट्रीय मदरसा संघ नेपालले सम्मान गरेको थियो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤