ताजा समाचार

नृत्य प्रतियाेगिता भव्य रूपमा सम्पन्न

  • माघ १८, २०७९
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाको आयोजनामा इतिहासमै प्रथम पटक बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को सभ्य र भव्य रूपमा सम्पन्न भएकाे छ ।नृत्य प्रतियोगिता काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सो प्रतियोगितामा अग्रिया सिंहले प्रथम स्थान हासिल गर्न सफल भएकाेमा प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ । विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने रहेको थियो । नेपालभाषाको गीत ‘वांगु सिमाचाय् ह्याउंम्ह झंग’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी सिंहले सयभन्दा बढी प्रतियोगीहरुलाई पछाडि पार्दै एकल नृत्यतर्फको प्रतियोगिता जितेकी हुन् । बसन्तपुरको कुमारी घरसँगैको डबलीमा सम्पन्न भएको अन्तिम चरणको कार्यक्रम अघि भक्तपुर, कीर्तिपुर, कान्तिपुर र ललितपुर गरी चार ठाउँमा अडिसन राउन्ड भएको थियो । माघ ७ गते चारै ठाउँमा एकैचोटी सम्पन्न भएको अडिसनबाट छनोट भएका ४२ जना प्रतियोगीहरुबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुँदा सिंहले उत्कृष्ट नृत्यांगनाको उपाधि हासिल गर्न सफल भइन् ।

त्यस्तै, ‘सुनां जित धाःवइ, सुनां जित काःवइ’ बोलका गीतमा नृत्य प्रस्तुत गरेकी रियाना मानन्धरले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् उनले नगद सात हजारसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरिन् । भने सुजाता नकर्मीले तेस्रो हासिल गरेकाले ५ हजार तथा शिल्ड र अन्य दुई जना मध्ये स्वस्तिहिरा शिक्राकार र दृष्टि मानन्धरलाई सान्त्वना पुरस्कार स्वरुप २(२ हजार नगदसहित शिल्ड प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट निर्णायक पुरस्कार सोहन शाही र रुमिका राईलाई प्रदान गरिएको थियो । पहिरणमा सुस्मा घले, अभिव्यक्तिमा सनिया शाही तथा उत्कृष्ट श्रृंगारतर्फको पुरस्कार एजस्वी प्रजापतिले हात पारिन् । राष्ट्रिय नाचघर तथा प्रज्ञा प्रतिष्ठानका निर्देशक नारायण देवी प्रधान, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कलाकार श्यामप्रसाद खड्गी, तीन दशकदेखि निरन्तर नृत्य क्षेत्रमा लाग्नुभएका भुवनदास श्रेष्ठ तथा वरिष्ठ नृत्य निर्देशक राजु शाह मुख्य निर्णायकको भूमिका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤