बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द

  • माघ १८, २०७९
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १८ गते । हर्शित नेपाल साप्ताहि पत्रिका । बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द देखिएका थिए । अनुगमनको भनक सुनेर अधिकांस ब्यापरिहरुलाइ ब्यपार गर्ने कागजात भए पनि कुनै न कुनै इस्युको फन्दामा पर्ने त्रासले पसल बन्द गरिएको स्थानिय ब्यपरिहरुको भनाइ रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगन्ज, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा लहानस्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना पसललाई २० हजार, जय महिमा सप्लायर्स र सरस्वती खाद विज भण्डारलाई १५/१५ हजार जरिवाना गरिएको छ ।

त्यस्तै एस टी एम फर्मा प्रा. लि. लाई १० हजार र नोवेल मोवाईल हाउसलाई ५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप कुमार खंग खत्वेले जानकारी दिनु भयो । अमित रेडिमेड जेनर स्टोर र इश्वर ट्रेड एण्ड सप्लायर्सलाई सामान्य अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनका क्रममा बरामद भएका उपभोग गर्ने म्याद नाघेका पेयपदार्थ, अखाद्य वस्तु जफत गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी खत्वेले जानकारी दिनुभयो । जरिवाना गरिएको फर्मलाई ७ दिन भित्र बैंकमा जरिवानाको रकम दाखिला गर्न निर्देशन दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

घुर्मी नदी किनारमा फ ...

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थाम ...

लहान सडक डिभिजनका तत ...

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्ज ...

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१