ताजा समाचार

बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द

  • माघ १८, २०७९
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १८ गते । हर्शित नेपाल साप्ताहि पत्रिका । बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द देखिएका थिए । अनुगमनको भनक सुनेर अधिकांस ब्यापरिहरुलाइ ब्यपार गर्ने कागजात भए पनि कुनै न कुनै इस्युको फन्दामा पर्ने त्रासले पसल बन्द गरिएको स्थानिय ब्यपरिहरुको भनाइ रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगन्ज, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा लहानस्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना पसललाई २० हजार, जय महिमा सप्लायर्स र सरस्वती खाद विज भण्डारलाई १५/१५ हजार जरिवाना गरिएको छ ।

त्यस्तै एस टी एम फर्मा प्रा. लि. लाई १० हजार र नोवेल मोवाईल हाउसलाई ५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप कुमार खंग खत्वेले जानकारी दिनु भयो । अमित रेडिमेड जेनर स्टोर र इश्वर ट्रेड एण्ड सप्लायर्सलाई सामान्य अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनका क्रममा बरामद भएका उपभोग गर्ने म्याद नाघेका पेयपदार्थ, अखाद्य वस्तु जफत गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी खत्वेले जानकारी दिनुभयो । जरिवाना गरिएको फर्मलाई ७ दिन भित्र बैंकमा जरिवानाको रकम दाखिला गर्न निर्देशन दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤