Siraha Times
ताजा समाचार

सप्तरीको मसिलाल जनता माध्यमिक विद्यालयमा मोटो रकम को चलखेल प्रधानाध्यापक नियुक्त गर्दै

  • माघ १७, २०७९
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १७ सिरहा लहान - सप्तरीको सुरुङ्गा नगर पालिका स्थित मसिलाल जनता माध्यमिक (प्राविधिकं) विद्यालयमा उच्च अदालतको परमादेश विरुद्ध प्रधानाध्यापक नियुक्तिको प्रक्रिया शुरु गरिएको खुलासा भएको छ।स्कुल बिदाको दिन लहान नगरपालिका स्थित रहेको पशुपति आदर्श उच्च माद्यामिक बिधालयको प्रधानाध्यापक डा.महेन्द्र प्रसाद चौधरीको रोहबरमा सप्तरीको सुरुङ्गा नगर पालिका कदमहा कुशहा स्थित रहेको मसिलाल जनता माध्यमिक विद्यालयको लागी प्रधानाध्यापकको अन्तर्वार्ता लहानको पशुपति उच्च माध्यमिक बिधालयमा गोप्य रूपमा हुने भएको छ। सप्तरी जिल्लाको छलफल सिरहामा हुने गरिएको छ्। कानुनी रूपमा अबिधानीक रहेको शिक्षा नियमावलीमा उल्लेख रहेको छ्।बिबादित रहेको स्कुलको छ्लफल र अन्तर्वार्ता गोप्य रूपमा सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ स्थित संचालनमा रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालयमा भएको खुलासा भएको हो।

Open photo

आइतवार माघ १५ गते जनकपुर राजविराज उच्च अदालतले निवेदक श्याम नन्दन साहको रीट निवेदन माथि सुनवाइ गर्दै सो विद्यालयलाई प्रधानाध्यपक नियुक्तिको कुनै पनि प्रक्रिया नगर्नु÷नगराउनु भनी परमादेश जारी गर्दा पनि सो आदेश विपरित सोमवार विद्यालयले प्रधानाध्यपकको नियुक्तीको लागि अन्तवार्ता सञ्चालन गर्न लागेको निवेदक साहको आरोप रहेको छ। उच्च अदालत राजविराजको माननीय न्यायाधिश तेजनारायण सिंह राईको एकल ईजलाशबाट नियुक्तिको प्रक्रिया रोकी दूवै पक्षलाई छलफलको लागि बोलाउने आदेश गरेको भएपनि सो आदेशलाई अटेर गरी विद्यालय प्रशासनले आफ्नो नजिकको मानिस नियुक्त गर्न हतार हतारमा अन्तर्वार्ता थालेको निवेदक साहले बताए। विद्यालयमा २०७९ पौष ६ गते तत्कालिन प्रधानाध्यापक हंसनारायण मेहताले स्वैच्छिक राजीनामा दिंदा निजको राजीनामा पौष स्वीकृति पश्चात पौष २४ गतेबाट उनलाई अवकाश दिंदा सो विद्यालयमा प्रधानाध्यपकको पद रिक्त भएको थियो ।

शिक्षा ऐन र नियमावली अनुसार ज्येष्ठताको आधारमा निमित्त प्रधानाध्यपक नियुक्त गर्नु पर्नेमा सो नगरी सो समयमा कनिष्ठ रहेका भागवत ठाकुरलाई विद्यालय व्यवस्थापन समितिले प्रभावमा परी निमित्त दिएको र सोही निमित्त प्र.अ.ले विज्ञापन गरी प्रधानाध्यापक नियुक्तिको प्रक्रिया थालेकोले उक्त प्रक्रिया रीतपूर्वक नरहेको भनी रीट निवेदन दिंदै निवेदक साहले अन्तरिम आदेश सहितको परमादेश माङ्ग गरेका थिए र सोही अनुसार परमादेश जारी भएको निवेदक साहले बताए। यस सम्बन्धमा निज भागवत ठाकुरलाई प्र.अ.मा गरिएको नियुक्ति बेरीतको रहेकोले सो बदर गराउन छुट्टै मुद्दा समेत उच्च अदालत राजविराज जनकपुर ईजलाशमा चलि नै रहेको समेत साहले बताएका हुन्। यस बिषयमा सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चौधरी सङ्ग मोबाइल सम्पर्क गर्दा निजले यस बिषयमा मैले अहिल्यै नै कुनै प्रतिक्रिया दिन नमिल्ने भनी सम्पर्क विच्छेद गरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१