ताजा समाचार

धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थल त्रिवेणी धाम

  • माघ १४, २०७९
  • १४९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल माघ १४ । प्रदेश १ काे उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं २ खोक्सा स्थित कमला नदी किनारमा लाग्ने मेला धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा रहेको छ । मैनी मेला समेत भनिने त्रिवेणी मेला वडा नम्बर २ को तावा, कमला र ककरु नदीको संगमस्थल त्रिवेणीमा हरेक वर्षको माघे संक्रान्तिदेखि मेला लाग्ने गर्दछ । परापूर्वकालदेखि यस मेलामा आएर भाकल गरे अनुसारको पशु पन्क्षी वलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ । विगतमा प्रदेश १, २ र बाग्मती प्रदेश तथा भारतबाट समेत यस मेलामा मकर नुवाई पूजा आराधना गर्न दर्शनार्थीहरु आउने गरेको पाइन्छ । विगतमा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग व्यापारिक सम्बन्ध कायम राखेको त्रिवेणी मेला पूर्वाञ्चलकै ऐतिहासिक र लामो समय लाग्ने मेलाका रुपमा परिचित छ । माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्ने त्रिवेणी मेलामा यस पटक अन्य वर्षको तुलनामा व्यवस्थापकीय पक्ष राम्राे रहेको अवस्था रहेको पाइन्छ । त्रिवेणि धाममा आदर्श पुरुष राम र सीताले स्नान गरेको हुनाले उक्त ठाउँमा अाम मानिसले मकर नुहाउने गरेको जन विश्वास गरिन्छ । प्रतेक बर्ष यस ठाउँमा जंगली जनावर बाघले मकर नुहाउन आउने गरेको बागको पाईला बाट देखेर अनुमान लगाउन सक्ने आयोजकले बताए । अत्यधिक पर्यनको सम्भावना बोकेको यस ठाउँमा समयको मागसँगै विकाश भईरहेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤