नगरसभामा लम्सालद्वारा एमबुलेन्स उपहार

  • माघ १३, २०७९
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १३ । सिरहाको धनगढीमाई नगरपालीकालाई उपहार स्वरुप एक एम्बुलेन्स नगरसभाको समयमा प्राप्त भएको छ । गत पुस २९ गते धनगढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमा आयोजित नवौं नगर सभामा धनगढीमाई वडा नं १३ का नवराज लम्सालले नगरभित्रका आकस्मिक सेवामा सहयोग पुग्ने हेतुले एक एमबुलेन्स हस्तान्तरण गर्नु भएको छ । लम्साल परिवारबाट नगरलाई प्राप्त म प्र ०१- ००१- ००४१ नम्बरको उक्त गाडी नगरका तर्फबाट नगर प्रमूख शिवशंकर महतो , उपप्रमुख संगिता चौधरी र प्रशासकिय अधिकृत गोपाल बगाले ज्यूले बुझेका थिए । नगरले वडा नं १३ लाई हस्तान्तरण गरेपछि बिरामीलाई मध्यनजर गर्दै माघ १२ गते उक्त गाडी संचालनमा ल्याइएको वडा अध्यक्ष सूर्यमान तामाङ्गले एक सूचना मार्फत जानकारी गराउन भएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१