ताजा समाचार

अख्तियारको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • माघ १३, २०७९
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १३ । सिरहाको धनगढीमाई नगरपालिकामा एक दिने भष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको आयोजनामा धनगढीमाईको नवनिर्मित प्रसासनीक भवनमा आयोजित कार्यक्रममा अख्तियार प्रमूख गोपाल कुमार अधिकारी लगायत अख्तियारका टोली , मेयर शिवशंकर महतो,उपप्रमुख संगिता चौधरी , प्रशासकिय अधिकृत गोपाल बगाले, सबै वडा अध्यक्ष ज्यूहरु ,समाजसेवी शिक्षक विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार र नेपाल प्रहरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रसासनीक भवनको सभाहलमा आयोजित कार्यक्रममा अख्तियारको बारेमा परिचय गराउँदै स्थानिय स्तरमा हुने गरेको भ्रष्टाचारको बारेमा उजूरी कसरी, कहा दिने भन्ने बारेमा सहभागी सबैलाई जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुलाई आफ्ना गुनासाे राख्नका लागि अख्तियार प्रमुखले समय उपलबध गराएपछि सहभागी मध्य करिब आधा दर्जनले आफ्ना गुनासाहरु माइक्रोफोन मार्फत राखेका थिए ।

अत्यन्त शान्तिपूर्ण वातावरणमा भएको कार्यक्रममा सहभागिहरुबाट आएका गुनासोहरुलाई अख्तियार प्रमुख अधिकारी ज्यूले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा नगरप्रमुख शिवशङ्कर महतोले अबको समय आँखामा धूलो हालेर आँखा छोप्ने समय नभएको र सिरहाको सबै भन्दा बढी अख्तियारमा उजूरी परेको स्थानिय तहको रूपमा धनगढीमाई रहेको बताउनु हुँदै नगरका विभिन्न बिषयमा करीब 21 ओटा उजुरीहरु अख्तियारमा परेको जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख संगिता चौधरी ज्यूले " स्थानिय तहमा यस अन्तरकृयाले सकारात्मक सन्देश दिएको बताउनु भयो " कार्यक्रममा वडा नं १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यूले अख्तियारसंग संबंधित समसामायिक बिषयप्रति अख्तियार प्रमुखको ध्यानाकर्षण गराउन भएको थियो । संग्रहमा नगरभित्रका सबै विकास निर्माणप्रति स्थानिय जनताले गुनासो सहित खवरदारी गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ भने योजनाको पारदर्शिता कायम गराउनका लागि सबै तह तप्काका व्यक्तिहरूले जबाफदेहिता बोक्नुपर्ने आशय सहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤