ताजा समाचार

पुरस्कार बितरण गर्दै वडा अध्यक्ष

  • माघ १३, २०७९
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा संवाददाता माघ १३ । वसन्त पञ्चमीको अवसरमा सिरहाको धनगढीमाई १४, स्थित मदन भण्डारी माविमा नौलो अभ्यास गरिएको छ । सरस्वती पूजाको पावन अवसरमा बिद्यालयद्वारा आयोजीत एक बिशेष कार्यक्रममा अर्धबार्षिक परीक्षाको रिजल्ट प्रकाशीत गर्दै बालबालिकालाई थप ऊर्जा पुग्ने हिसाबले वडा अध्यक्ष अमित ठकुरी ज्यूको हातबाट उत्तीर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पुरस्कार बितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयको प्रागणमा आयोजित कार्यक्रममा विद्यायका ब्यबस्थापन समितिका पदाधिकारीहरु,स्थानिय समाजसेवी , शिक्षक विद्यार्थीहरुको उपस्थितिमा आयोजित कार्यक्रमका बीच वडा अध्यक्ष अमित ठकुरी ज्यूले जेहेन्दार ,लगनशील , प्रथम, दितिय, तृतिय लगायतका विद्यार्थीहरुलाई कार्यक्रममा वडा अध्यक्षज्यूले टीका अबिर लगाएर पुरस्कार बितरण गर्नु भएको थियो । शैक्षिक गुणस्तर कायम गराउनका लागि अघि बढिरहेका अमित ठकुरी ज्यूले वडाका सबै बिद्यालयहरुमा पठन पाठन प्रती आफ्नो गम्भिर ध्यानाकर्षण गराएको हुनाले यतिबेला पठन पाठनमा गुणस्तरीयता कायम हुन थालेको स्थानीयको भनाइ रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤