Siraha Times
ताजा समाचार

पडरिया साना किसानको १८ औं वार्षिक साधारणसभा सम्पन्न

सानाकिसान कृषि सहकारी संस्थाको १८ औं साधारणसभा सम्पन्न

  • माघ ११, २०७९
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान माघ ११- किसान हक हितको लागी २०६१ सालमा लहान नगरपालिका वाडा नम्बर ११ पडरियामा स्थापना भएको सानाकिसान कृषि सहकारी संस्था को १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ्। संस्थापक अध्यक्ष मागैन कामैतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र न.१ क का प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी बिशिस्ट अतिथि मा लहान नगरपालिकाको उप प्रमुख सरियार चौधरी , पुर्व सभासद राम रती राम रहनु भएको थियो। उक्त संस्थाले लहान नगरपालिकाको वाडा नम्बर १ ,११,१२ र २२ वाडाका किसानहरुलाई सहुलियत दर्मा ऋण उपलब्ध गराई किसानको आर्थिक स्तर उन्नतिमा सहयोग गरिरहेका संचालक समितिका सदस्य मुक्ति लाल चौधरीले जानकारी दिनु भयो।

संस्थाले छोटो समयमा निकै शेयर सदस्यहरु जोड सफल संस्थाको रूपमा चिनीएका हुन्।किसानहरुलाई तरकारी खेतीका लागी ३% प्रतिशत,मासु तथा दुध उत्पादनको लागी ९% लघु उधम कर्जा ८% मा उपलब्ध गराई रहेको सहकारीको प्रबन्धक ओपेन्द्र साहले जनाए। किसानको लागी समयमा सहज तरिकाले मलखाध,बाख्रा पालन,उधमसिलता तालीम,पशुबिमा, इडकसन चुलो लगायत सेवा र सहयोग गर्दै आएका नन्द किशोर चौधरीले बताए। प्रमुख अतिथि राजेन्द्रप्रसाद चौधरीका अनुसार सहकारीको माध्यमबाट रोजगारीको सृजना गरेको र सहकारीको ऋणलाई ब्यवसायीमा लगानी गर्दा खास गरेर महिला किसानलाई जिबन स्तर सुधार मात्र हैन सम्पुर्ण परिवारको पालन पोषणमा सहज हुनेमा जोड दिएका थिए।

अतिथि नन्दकिशोर चौधरीका अनुसार जिबनमा परिवर्तन ल्याउन सहकारीको अहम् भुमिका रहेको चर्चा गर्दै साना किसान कृषि सहकारी संस्था नै किसान मजदुरहरुको लागी सहयोगी संस्थाको रूपमा स्थापीत रहेको बताए।

ऋण सम्बन्धमा

- बिना धितो ऋण १ लाख सम्म

- धितोमा १५ लाख सम्म

- धितोमा २ करोड सम्म ऋण लगानी गर्ने सम्म स्थापित संस्था हुन्।

- बचतमा १२% ब्याज दिने गरिएको प्रबन्धक साहले बताए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१