ताजा समाचार

दोषी दास गल्तीको ढाक छोपको लागि रूप परिवर्तन गर्दै

  • माघ १०, २०७९
  • १४२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १० धनगढीमाई सिराहा । "भीरबाट खस्ने गाईलाई राम राम भन्न सकिन्छ काध थाप्न सकिन्न " सामाजिक सञ्जाललाई खेलासीकाे रूपमा लिएर मजाक उडाउँदै आएका भाईरल सुरेन्द्र दास कानुनी दायरामा आउन जरुरी छ । पत्रकारिता जगतलाई आँच पुगाउने हिसाबले रिचार्ज कार्ड मागेको टेलिफोन वार्ताको फोन कल बाहिरिएपछि चर्चाका पात्र बनेका दास घरी घरी बेमौसमी बाजाको तालमा नाचिरहेका छन । आफ्ना फेस बुक पेजबाट घरी आत्महत्या गर्छु भन्छन त कहिले उनले माफी माग्दै गरेको देखिन्छ । आफूलाई निर्दोष साबित गर्नका लागि उनले अनेकन रंग फेर्दै पृतान्क दैनिकका मार्फत सार्वजनिक रूपमा माफी माग्नु भन्दा पनि उनले हालसम्म सरोकारवाला निकायमा आफूलाई किन हाजिर गराउन चाहँदैन ? दास आफूलाई लुकाएर अनेकन काचुली रंगहरु देखाइरहेका छन । यदि दास निर्दोष हो भने यतिका दिनसम्म किन उनी भूमिगत बन्दै सामाजिक सञ्जालको दुरुपोग गरिरहेका छन ?

दासको कर्तुत र ब्यबहारले उनी दोषी नै भएको स्पस्ट रुपमा सजिलै बुझ्न सकिन्छ । दोषी दासलाई पत्रकारिता जगत मात्र नभएर सामाजिक बहिष्कार गर्नै पर्ने अवस्थाको सिर्जना भएकोले लुकेर विभिन्न पोष्ट गर्दै आएका दास माथि कडा कानूनी प्रक्रिया अगाडी बढाउन तत्काल जरुरी देखिएको छ उनले निकालेकाे प्रेस विज्ञप्तीले त उनलाई अपराधी हो भन्ने कुराको पुष्टि गरेको छ । दास अपराधी भएको हुनाले उनलाई माफि दिने संस्था पनि अपराधी हुने आम बुझाइ रहेको छ । उनलाई कुन हिसाबले कसरी माफी दिने होला ? आखिर किन दिनुपर्ने हो उनलाई माफी ? गल्ति गर्नेले सजाई भोग्नु पर्ने भएकोले सामाजिक नियम अनुसार दास हर किसिमले दोषी प्रमाणित र सावित भएकोले पत्रकार महासंघ सिराहा शाखाले कडा कानूनी प्रक्रिया अगाडी बढाउन तत्काल जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤