ताजा समाचार

सीमा नाघदै दास सिराहा प्रहरी बेखवर

  • माघ ८, २०७९
  • ९४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ ८ । नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिँदै सुरेन्द्र दासले आफ्ना फेस बुक पेजबाट जथाभावी पोष्ट गरिरहेको अवस्थामा सिराहा प्रहरी उनको खोजी कार्य गर्न असफल भएको देखिएको छ । सीमावर्ती क्षेत्रमा एक सुरुक्षा कर्मीसँग रिचार्ज कार्ड मागेको अडियो रेकर्ड बाहिरिए पछि दोषीमाथी कानूनी कार्वाहीको माग सहित प्रहरीमा उजूरी दिएपनि हालसम्म सुरेन्द्र दास पक्राऊ नपर्नु ठूलो चिन्ताको विषय बनेको अवस्था हुँदाहुँदै नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिँदै उनले एक पागल झै पृताङ दैनिक र आफ्ना निजी फेस बुक पेजबाट जथाभावी पोष्ट गरेर सिंगो पत्रकारिता जगतलाई नै चुनौती दिँदै आएको अवस्था रहेको देखिन्छ । उनी निर्दोष हो भने आफूलाई किन निकायमा हाजिर गराउन चाहँदैन? सामाजीक सञ्जालको व्यापक दुरुपयोग भइरहँदा पनि के कति कारणले उनलाई साईबर अपराधका जबाफदेही बोकेका निकायहरुले उनलाई बाहिर ल्याउन नसकेको होला? निवेदन परेको हप्ता दिन बित्न लागिसक्दा पनि सिराहा प्रहरी कार्यालयले उनको खोजी कार्यमा किन ढिलाई गरेको हाेला ? एक पछि अर्को अपराध गर्दै आएका दासले के सिंगो प्रहरी प्रशासनलाई चुनौति दिए कै हो त ?

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤