ताजा समाचार

धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य

  • माघ ५, २०७९
  • १२४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ५ माघ पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरु मा औषधी नरहेकोको कारण सेवा ग्राहीहरु रितो हाथ फर्कन बाध्य भएका छन। धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा दुई महिना देखि सिटामोल औषधी समेत नरहेको कारण बिरामीहरु स्वास्थ्य संस्था बाट औषधी नलि रितो हाथ फर्कन बाध्य भएका छन। नेपाल सरकार को स्वास्थ्य संस्था हरुमा बिश्वास गरेर बिरामीहरु जान्छ तर चेकजाँच पछी औषधी नपाए पछी रितो हाथ फर्कन परेको छ। स्वास्थ्य संस्था हरुमा सबै भन्दा बढि महत पुर्ण औषधी मानिने सिटामोल जो कि स्थानिय लेबलमा बढि बिरामी हुने जरो बोखार भाईरल जरो,टाईफाईट जस्ता बिरामी हरु आउने गर्छ । तर स्वास्थ्य संस्था हरु नभेटनु दुखद कुरो रहेको स्थानियहरुले गुनासो गरे। स्वास्थ्य चौकी लंगडीमा प्रतेक दिन ५० देखि ६० जना बिरामी हरु चेकजाँच गराउन आउनु हुन्छ त्यसा बढि गरेर रुगा खोकी र जरोको बिरामी आउन्छन । स्वास्थ्य संस्थामा चेकजाँच पछी बोखार जरोको सिटामोल औषधी नै नपाउनेले यो स्वास्थ्य संस्थाको के महत्व हुने जनाए । नेपाल सरकारको स्वास्थ्य चौकी हरुमा प्रतेक वर्ष लाखौ रुपैया औषधी खरिद र कर्मचारी लगायत उपकरण हरुमा खर्च गरिरहेका छन तर स्थानिय सरकारका जनप्रतिनिधि र कर्मचारी हरको मोटो कमिशनका कारण सम्यमा औषधी खरिद लगायत बितरणमा समस्या भएको कारण स्वास्थ्य संस्थामा औषधी नरहेको कारण समस्या भएको छ। धोबिनी गाउँपालिकाको स्वास्थ्य चौकी र स्वास्थ्य प्रमुख हरुको चर्म लापरबाहीका कारण स्वास्थ्य संस्थामा औषधी समस्या देखिएको स्थानिय हरुको गुनासो रहेको छ। जनप्रतिनिधि हरुले आफ्नो बिकास निर्माणको काममा कमिशनको झेलमा रहेको कारण जनता हरुको प्रत्यक्ष सोरकारवाला काम स्वास्थ्य सेवामा कुनै ध्यान कुनै अनुगमन कुनै निरिक्षण नगरिएको कारण स्वास्थ्य संस्था हरुले भगवान भरोसे चलिरहको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤