ताजा समाचार

लाखौँ रुपैयाँ ठगी आरोपमा अध्यक्ष यादव पक्राउ

  • माघ ३, २०७९
  • १००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा माघ ३ गते । सहकारीबाट उपभोक्ता ग्राहकको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सहकारीका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव पक्राउ परेका छन् । बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए । प्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ता (नाम गोप्य) ले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो । ‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको छ,’ डीएसपी रायले भने ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤