ताजा समाचार

नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, ५ जना घाइते

  • माघ २, २०७९
  • १५०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर नवलपरासी, माघ २ । पश्चिम नवलपरासीको सुनवल न.पा -१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं. को बस र विपरित दिशाबाट जादै गरेको बा ०१-०२५ च ३८९७ नं. को कार एक आपसमा ठोक्किएको हो । दुर्घटनामा कार चालक अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुको वाणगंगा न.पा. ८ मधुवन बस्दै आएका अन्दाजी ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका पौडेलको जिल्ला अस्पताल परासीमा १३:५५ बजे मृत्यु भएको हो ।उनको शव सोही अस्पतालमा राखिएको छ ।

यस्तै घाइते हुनेहरूमा कारमा सवार कपिलवस्तुको वाणगंगा न.पा. ८ मधुवन निवासी अन्दाजी ३१ वर्षीय पुर्ण बहादुर राना र २८ वर्षीय मनोज कुमार परियार, नवलपरासी (पुर्व) बुलिङटार गा.पा.का अन्दाजी २८ वर्षीय गंगा गोदामी, कावासोती न.पा. देउराली बस्ने अन्दाजी १८ का डल बहादुर बराल र अर्घाखाँचीको सितगंगा न.पा. ६ स्थायी घर भई हाल रुपन्देहीको सालझण्डी बस्ने अन्दाजी ३८ वर्षको खेम बहादुर रेश्मी मगर रहेका छन् । डल बहादुर बरालको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

दुर्घटना भएको खबर प्राप्त हुनासाथ उद्धारका लागि अस्थायी प्रहरी बिट भुमहीबाट प्रहरी सहायक निरीक्षक ईन्द्रजित अहिर यादवको टोली, ईलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा ट्राफिक सहित २३ जनाको टोली खटिएको थियो । प्रहरीले कारमा सवार घाईतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पतालमा पठाईएको थियो । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुबै सवारी साधन नियन्त्रणमा लिई चालकको खोजीकार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤