ताजा समाचार

विमान दुर्घटना प्रति मदरसा बोर्ड उपाध्यक्ष द्वारा दुख व्यक्त

  • माघ १, २०७९
  • ७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, माघ १ पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आज भएको विमान दुर्घटनामा परि मृतक हरुको परिवार प्रति हार्दिक सम्वेदना प्रकट गर्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले दुख व्यक्त गरेका छन् l उहाँ हरूले मृत्यु भएका प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै मृतक परिवार लाई ईश्वर ले धैर्य धारण गर्ने क्षमता प्रदान गरून भन्ने कामनाका साथ सम्पूर्ण देशवासी का लागि दुखद घटना रहेको बताएका छन् l बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको कुरा सम्मानीय प्रधानमंत्री पुष्प कमल दहालको सरहानीय कदम रहेको समेत उपाध्यक्ष मशहूद खां ले बताए l विमान दुर्घटनामा मृतक प्रति गहिरो सम्वेदना प्रकट गर्दै सरकारले भोली सोमवारका दिन शोक बिदा दिने निर्णय गरेको छ l जाबेद आलम खां, तोफेल खां, असरफ खान, शैख जैस मक्की लगायतले समेत विमान दुर्घटना दुखद रहेको बताएका छन् l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤