ताजा समाचार

कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको शाखा राख्न अनुगमन

  • माघ १, २०७९
  • ७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री राम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न आज विश्वविद्यालयको तर्फबाट आएका प्रतिनिधि र पालिकाका जनप्रतिनिधिहरुले जग्गाको अनुगमन गरेका छन् । अनुगमन कै क्रममै मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले श्री राम जानकी मन्दिरको जग्गा मधेस विश्वविद्यालयको कृषि र इन्जियरिङ्ग शाखाको लागि उपयुक्त भएको बताउनु भयो । साथै मधेस विश्वविद्यालयको कृषि र इन्जिनियिङ्ग शाखाको विद्यालय बनाउनको लागि स्थानिय जनप्रतिनिधि तथा स्थानिय बासीहरुको सहयोग भए भने चाडै शिलान्यास गरिने प्रतिवद्धता समेत गर्नु भयो । अनुगमन मै बोल्दै मधेस विश्ववद्यालयका रजिष्टदार विजय यादवले मधेश विश्वविद्यलयको लागि हामीले आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । मधेश विश्वविद्यालयको लागि स्थानिय जनप्रतिनिधि र बासीहरुको सहभागिताले पकै यहाँ हुने उहाँले बताउनुभयो ।

पकाहामैनपुर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसियाले राजनीति र पार्टीको कुरा एका तिर राखी हामीले एक जुट भई मधेश विश्वविद्यालय बनाउन तर्फ लाग्नु पर्ने बताए । मधेश विश्वविद्यालयको एउटा शाखा राख्न २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्री राम जानकी मन्दिरको नाम रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै पत्रकार बिन्दू भूषण साहको अगुवाइ एवं पत्रकार कृष्णा कुशवाहाको सक्रियतामा युवाहरुले निरन्तर आवाज उठाउँदै आएका थिए

मधेस विश्वविद्यालयको कृषि र इन्जिन्यारिङ शाखाको जग्गा अनुगमन कार्यक्रममा पकाहामैनपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विनोद मेहता , २ का वडा अध्यक्ष मुकुट चौहान , ३ का वडा अध्यक्ष सञ्जय चौहान , ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादव , कालिकामाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष सञ्जय साह , उपाध्यक्षका प्रतिनिधि , नेता राकेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो । उपस्थिति सम्पूर्ण जनप्रतिधी तथा सामाजिक अगुवाहरुले जसरी भए पनि मधेस विश्व विद्यालय बनाउनु पर्यो भने जोड दिएका थिए । हामीले हाम्रो पालिका तथा सम्बन्धित निकायबाट हुने सम्पूर्ण सहयोग गर्न हामी तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤