ताजा समाचार

दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

  • पुस २९, २०७९
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस २८ बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रहरी नायब निरीक्षक चुरामणी पोखरेल नेतृत्वको टोलीले आज ६० साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो । रात्रि मा साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको तथा अर्को हप्ता पुन साइकिलमा स्टिकर टांस गरिने जानकारी अस्थायी ट्राफिक पोष्ट कृष्णनगर प्रमुख प्रहरी नायब निरिक्षक हरि जिसिले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤