दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

  • पुस २९, २०७९
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस २८ बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रहरी नायब निरीक्षक चुरामणी पोखरेल नेतृत्वको टोलीले आज ६० साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो । रात्रि मा साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको तथा अर्को हप्ता पुन साइकिलमा स्टिकर टांस गरिने जानकारी अस्थायी ट्राफिक पोष्ट कृष्णनगर प्रमुख प्रहरी नायब निरिक्षक हरि जिसिले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१