ताजा समाचार

जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई

  • पुस २६, २०७९
  • ९३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस २६ । मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ । पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ । चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ । चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण गर्न सकेको अर्का वडा अध्यक्ष सुर्य नारायण यादवले जानकारी दिनुभयो । जनतालाई चिसोबाट बचाउनका लागि दाउरा वितरण गरेर नगरले अशल काम गरेको वडा अध्यक्ष ओम यादब बताउनुहुन्छ । दाउरा वितरणले धनगढीमाईको विभिन्न टोल बस्तीमा सामूहिक जंमघट हुने स्थलहरूमा दाउरा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤