जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई

  • पुस २६, २०७९
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस २६ । मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ । पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ । चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ । चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण गर्न सकेको अर्का वडा अध्यक्ष सुर्य नारायण यादवले जानकारी दिनुभयो । जनतालाई चिसोबाट बचाउनका लागि दाउरा वितरण गरेर नगरले अशल काम गरेको वडा अध्यक्ष ओम यादब बताउनुहुन्छ । दाउरा वितरणले धनगढीमाईको विभिन्न टोल बस्तीमा सामूहिक जंमघट हुने स्थलहरूमा दाउरा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

कृष्णानगरमा नागरिकको ...

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वे ...

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

भाषण दिएर होइन, काम ...

बारा, ०५ कार्तिक / जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिका अध्यक्षको भावी उम्मेदवार उमेश द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१