ताजा समाचार

श्रोत नखुलेको रकम सहित मानिस पक्राउ

  • पुस २६, २०७९
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस २६ । धनुषा प्रहरीले श्रोत नखुलेको रकमसहित मानिसलाई नियन्त्रणमा लिएको छ । अाज करिब . ११;३० बजेको समयमा धनुषाकाे विदेह न.पा. वडा नं. २ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट प्र.ब.ना.नि. को कमाण्डमा चेकिङमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा मानिसलाई नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटको BR32AC7679 स्कुटरमा सवार देश भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२का राजेश कुमार साह माथि शंका लागि रोकी चेक जाँच गर्दा उक्त स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको रू. १००० दरको नोट ७४८ वटा, रू. ५०० दरको नोट १६४४ वटा, रू१०० दरको नोट २६० वटा, रू ५० दरको नोट ८० वटा गरि जम्मा रू. १६,००,०००।– बरामद गरी शाहलाई उक्त बरामद भएको रूपैया, स्कुटर थान-१, Samsung कम्पनीको मोवाईल थान -१ सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤