ताजा समाचार

शितलहरमा धनगढीमाई नगरपालिका दर्शक

  • पुस २३, २०७९
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासवान पुस २३ । नेपालमा मौषमी पछिमी वायुको प्रभावले आम जीवन कष्टकर बन्दै गएको छ । सिरहाको धनगढीमाई नगरपालिका भित्र शितलहरको प्रभाव देखिएता पनि नगर प्रमूख दर्शक बनिरहेका छन । अाम स्थानियलाई राहतस्वरूप दाउरा वितरण गर्नु पर्ने अवस्थामा दर्शक बनेका यहाँका प्रसासनीक निकायले विद्यालयहरू तत्काललाई बन्द नगरेर आम बालबालिकाको अधिकारलाई कुण्ठित गरेको पाइन्छ । भौगोलिक रूपमा विकट मानिएको सिरहाको यस नगरभित्रका वडा नं १४ का विद्यालयहरूमा यतिबेला बालबालिकाहरू चिसोको कारण उच्च जोखीम अवस्थामा हुँदा पनि शिक्षा शाखा ज्याकेट भित्र बसेर मूल्यांकन गरिरहेका छन् भनें उता मेयर शिवशंकर महतो काठमाण्डौ उपत्यका पुगेर आम धनगढीमाईको वर्तमान अवस्थाको पहिचान गरिरहेका छन । प्रशासकिय अधिकृत गोपाल बगाले समेतले वर्तमान अवस्थाको वास्तविक पहिचान गर्न नसक्नु चिन्ताको विषय बनेको छ । समय परिस्थितिलाई विचार नगर्ने धनगढीमाई नगरपालिकाले हालसम्म कुनै राहतको ब्यबस्था गरेको छैन भने आम बालबालिकाको स्वास्थ्यको खयाल नगर्ने शिक्षा शाखाका महामहिम समेतकाे समयमा ध्यानाकर्षण हुन जरूरी छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤